भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा रहेको मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायको अध्यक्षतामा शनिबार सम्पन्न भयो । भक्तपुरको बालकोटस्थित मेरिगोल्ड स्कुल प्राङ्गडमा सम्पन्न सो साधारण सभा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले उद्घाटन गर्नुभयो । सोही अवसरमा उहाँले मन्तव्य व्यक्त गर्दै


समुदायमा आधारित मैत्रीय साकोसका सबै सूचकाङ्क राम्रो रहेको र यसले सहकारीका ७ वटा सिद्धान्त पालना गरिरहेको पाइयो भन्नुभयो । उहाँले जिल्ला संघको सदस्य भएका र सहकारीको सिद्धान्त , मुल्य र मान्यता भित्र रहेर सञ्चालन भएका सहकारी संस्थामा समस्या नदेखिएको तर बढी ब्याज दिने लोभ देखाएर पैसा संकलन गर्ने र त्यसलाई निश्चित व्यक्तिहरुको स्वार्थ अनुरुप सञ्चालन भएका सहकारी संस्थामा मात्रै समस्या देखिएको बताउनुभयो । बढी व्याज दिन्छु भन्ने तर सहकारीको सिद्धान्त , मुल्य र मान्यता आत्मसाथ नगरेका सहकारी संस्थामा नभई सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसात गरी राम्रोसँग सञ्चालन भएका सहकारी संस्थामा मात्रै वित्तीय कारोवार गर्नु पर्ने उहाँको भनाई थियो । उहाँले सहकारीको ओचित्य र आवश्यताबारे प्रकाश पार्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्ना सदस्य संस्थाहरुलाई तरलताको समस्या पर्दा अन्तर लगानी गरी सो समस्या समाधान गर्ने र सदस्य संस्थाहरुमा तरलता बढी हुदा त्यसलाई जिल्ला संघमा बचत गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

त्यसै अवसरमा सूर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठले सूर्यविनायक नगरपालिकाले सहकारीको प्रवर्द्धनका लागि गरिरहेका कार्यको बारेमा प्रकाश पार्दै सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको हितलाई ध्यान दिएर कार्य गर्नु पर्ने बताउनुभयो । त्यस्तैगरी साधारण सभामा मन्तव्य व्यक्त गर्दै मेरिगोल्ड इ. इङ्लिस , स्कुल, बालकोटका प्रधानाध्यापक भुवनलाल श्रेष्ठले मैत्रीय साकोसले गरिरहेको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।
आयोजक मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.का सल्लाहकारहरु, सञ्चालक समिति ,लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी र सदस्यहरु , शेयर सदस्यहरु , कर्मचारीहरु लगायतको सहभागिता रहेको त्यस साधारण सभामा चमेली कल्याककारी बचत तथा ऋण सहकारी संस्था लि.,विरुवाका अध्यक्ष प्रमोद घिमिरे , अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि., गाम्चाका अध्यक्ष दामोदर न्यौपाने , बन्धुत्व बचत तथा ऋण सहकारी संस्था लि.का अद्यक्ष भोला सिंह सिलवाल , बालकोट बचत तथा ऋण सहकारी संस्था लि.,बालकोटका उपाध्यक्ष सुमन महर्जन , सृजना बचत तथा ऋण सहकारी संस्था लि., बालकोटका कोषाध्यक्ष कृष्ण सिलवालको आतिथ्यता रहेको थियो ।
साधारण सभामा मन्तव्य व्यक्त गर्दै त्यसै संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले ‘समाजमा छरिएर रहेको स-सानो पूँजीलाई संकलन गरी त्यस मार्फत आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले स्थापना भएको हाम्रो यो संस्था शेयर सदस्य ज्यूहरुको मर्म र भावना अनुरुप राम्रोसँग सञ्चालन भइरहेको बताउदै यस संस्थाका शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र लगनशीलताले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ’, भन्नुभयो ।

साधारण सभामा सोही संस्थाका सचिव सुमन सिलवालले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन , कोषाध्यक्ष दिवाकर सिलवालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक भाइकाजी खत्रीले लेखा सुपरीवेक्षण क्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । ती प्रतिवेदनहरु साधारण सभामा आवश्यक छलफल गरी पारित गरियो ।

साधारण सभामा संस्थाकी जेष्ठ शेयर सदस्य ७५ वर्षीया सुशिला शाहलाई नगद सहित सम्मान गरियो । त्यसैगरी साधारण सभामा त्यसै संस्थाका बचतकर्तातर्फ शेयर सदस्यहरु अञ्जना बस्नेत , हिराकाजी भासिमा र राजेन्द्र खत्री, बाल बचतकर्ता सदस्य युनिषा थापा र उत्कृष्ट कारोवारतर्फ शेयर सदस्य रस्मिता तिमल्सिनालाई सम्मानित गरियो । त्यस्तैगरी साधारण सभामा सोही संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०७८ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जीपीएका साथ उत्तीर्ण हुने अल्सानी श्रेष्ठलाई मैत्रीय शैक्षिक सम्मानबाट सम्मानित गरियो । त्यसैगरी उक्त संस्थाका अध्यक्ष उपाध्यायले साधारण सभाका प्रमुख आतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।
रक्तदान कार्यक्रम सम्पन्न
मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारणको अवसरमा सोही संस्थाको आयोजनामा शनिबार मेरिगोल्ड इ. इङ्लिस स्कुल, बालकोट परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी , बालकोट उप-शाखाको प्राविधिक सहयोगमा सम्पन्न त्यस रक्तदान कार्यक्रममा १७ जना रक्तदाताले रक्तदान गर्नुभयो ।

