उच्च स्तरको अधिकार सम्पन्न आयोग बनाएर नागरिकता समस्या समाधान गर्नुुुपर्छ : नेकपा

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलले हतार हतार प्रमाणिकरण गरेको नागरिकता विधेयकले नागरिकता समस्या मात्रै होइन मुलुकको राष्ट्रिय अस्मिता संकटमा पर्ने भएकोले उक्त विधेयक खारेज गरि नागरिकता समस्या दीर्घकालीन रुपमा समाधान गर्न संसदबाट उच्च स्तरको अधिकार सम्पन्न नागरिकता छानविन आयोग बनाउन र प्रत्येक नेपालीले सहज ढंगबाट नेपाली नागरिकता प्राप्त गर्ने अवसर निर्माण गर्न माग गरेको छ । सोही पार्टीका सचिवालय सदस्य तथा कार्यालय सचिव रत्नप्रसाद जोशीले हस्ताक्षर गरि जारी गरेक‍ो प्रेस विज्ञप्तिमा नेपालको राष्ट्र हित विपरीत भएका गतिविधिको भत्सर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *