उदयपुर क्षेत्र नं.१ बाट परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका नेता डा.नारायण खड्का २,३८९ मतान्तरले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीलाई पछि पारी विजयी हुनुभयो । सोही क्षेत्रबाट पुन: विजयी हुनुभएका सत्ता गठबन्धनका साझा उम्मेद्वार डा..खड्काले ३१,२७० मत पाउनुभयो भने नेकपा (एमाले)की चौधरीले २८,८९१ मत प्राप्त गर्नुभयो । यो निर्वाचनमा पनि पराजित भएसँगै नेकपा (एमाले)की चौधरीको प्रतिनिधि सभा सदस्य बन्ने प्रयासज्ञपुन: असफल भएको छ ।
डा. खड्काको विजयी भएसँगै नेपाली कांग्रेसले ५४ सृथानमा जीत हासिल गरेको छ भनै सुनसरी क्षेत्र नं.४ को जारी मतगणनामा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सत्ता गठबन्धनका साझा उम्मेद्वार समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले अघाडि हुनुहुन्छ भने उहाँलाई नेकपा (एमाले)का जगदिश कुसियतले पछ्याइरहनुभएको छ ।
दोलखामा पुन: चुनाव , बाजुरा र स्याङ्जा क्षेत्र नं.२ मा निर्वाचन आयोग अनिर्णित
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दोलखा , स्याङ्जा क्षेत्र नं.२ र बाजुराका केही मतदान केन्द्रमा सत्ता गठबन्धनमा आवद्ध दलका कार्यकर्ताहरुले बुथ क्याप्चर गरेको भन्दै नेकपा (एमाले)ले विरोध गरेपछि दोलखाका विवाद भएका मतदान केन्द्रमा यही मंसिर १५ गते निर्वाचन आयोगले पुन: मतदान गराउने भएको छ तर स्याङ्जा क्षेत्र नं.२ र बाजुराको मतगणना अझै शुरु हुन सकेको छैन । नेकपा (एमाले)ले ती दुई जिल्लाका विवादित मतदान केन्द्रमा पुन: मतदान हुनु पर्ने अडान लिएको छ भने सत्ता गठबन्धनका दलले ती दुई क्षेत्रको मतगणना अविलम्व शुरु गर्न माग गरेका छन् तर यो विषयमा निर्वाचन आयोग अनिर्णित बनेको छ ।
इलामका दुबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेद्वार विरुद्ध धाधली भ एको पूर्व प्रधानमन्त्री खनालको भनाई
नेकपा (एस)का सम्मानित नेता तथा तथा भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामका दुबै निर्वाचन क्षेत्रको चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरु विरुद्ध धाधली गरी आफूहरुलाई चुनाव हराएको भन्दै विरोध गर्नुभएको छ । उहाँले प्रेस विज्ञप्ति जारी गरी सत्ता गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्ने मतदाता लगायत सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।




यही ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा इलाम क्षेत्र नं १ बाट सत्ता गठबन्धनका साझा उम्मेद्वार रहेका नेकपा (एस)का सम्मानित नेता झलनाथ खनाल नेकपा (एमाले)का महेश बस्नेतसँग फराकिलो मतान्तरले पराजित हुनुभएको थियो भने इलाम क्षेत्र नं.२ मा नेकपा (एमाले)का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले सत्ता गठबन्धनका साझा उम्मेद्वार रहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई झिनो मतान्तरले पराजित गर्नुभएको थियो । पराजित खड्काले पनि निर्वाचनमा धादली भएको भन्दै विरोध गर्नुभएको थियो ।