चुनावमा एमाले एक्लै लड्छ, कसैसँग गठबन्धन गर्दैन : ओली

काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सार्वजनिक कार्यक्रमहरुमा एमाले आफै बलियो शक्ति भएकोले स्थानीय तहको चुनावमा यसले कसैसँग गठबन्धन गर्दैन, यो एक्लै लडेर चुनाव जित्न सक्षम छ,’ भन्दै आउनु भएको छ । उहाँले ‘एमाले बलियो शक्ति भएकोले योसँग एक्लै चुनाव लड्ने कसैको आँट नभएर गठबन्धन गरेका छन् तर त्यो गठबन्धनमा रहेका दलहरु एक/एक किलाका ढक हुन् भने एमाले क्विण्टलको ढक हो । त्यही भएर यो गठबन्धनले एमालेलाई कुनै अशर गर्दैन’ भन्दै आउनु भएको छ ।

यता नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भने नेकपा (माके)का अध्यक्ष प्रचण्ड र नेकपा (एस)का अध्यक्ष माधव नेपाल बाहेक अरुसँग भने चुनावमा तालमेल हुन सक्ने बताउदै आउनु भएको छ ।

उक्त पार्टीका नेताहरुले दूतावासमा नेपालको चुच्चो नभएको पुरानै नक्सा राखेको भन्दै त्यसको विरोध गर्दै आएका छन् ।

निर्वाचन आचार संहितामा गरेन एमालेले हस्ताक्षर

नेकपा (एमाले)ले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि निर्माण गरेको आचार संहितामा हस्ताक्षर नगरेको जनाइएको छ । सो पार्टीका नेताहरुले निर्वाचन आयोगले आफू विरुद्ध षडयन्त्र गरेको बताउदै आएका छन् तर निर्वाचन आयोगले भने त्यसको प्रतिबाद गर्दै आएको छ । निर्वाचन आयोगले छपाई गरेको हरियो रंगको मतपत्रप्रति एमालेको असन्तुष्टि रहेको छ ।

Leave a Reply