दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुदै

दोलखाका १० वटा मतदान केन्द्रमा आज पुन: मतदान भइरहेको छ । दोलखाको तामाकोशी गाउँपालिका वडा नं.३ मा रहेको जफे हेल्थपोष्ट भवनको ‘क’ र ‘ख’ मतदान केन्द्र तथा बैत्यश्वर गाउँपालिका वडा नं.२ मा रहेको जनज्योति माध्यमिक विद्यालयको ‘क’ र ‘ख’ मतदान केन्द्र , उक्त गाउँपालिका वडा ३ मा रहेको कालीढुङ्गा माध्यमिक विद्यालयको ‘क’, ‘ख’ र ‘ग’ मतदान केन्द्र र सोही गाउँपालिका वडानं.६ मा रहेको बैत्यश्वर माध्यमिक विद्यालयको ‘क’, ‘ख’ र ‘ग’ मतदान केन्द्रमा बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म हुने दोलखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत ती १० वटा मतदान केन्द्र बुथ क्याप्चर भएको भन्दै विवाद भएपछि यही मंसिर ११ गते निर्वाचन आयोगले मतदान रद्ध गरी त्यही आज मतदान गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *