धनुषा क्षेत्र नं.४ बाट नेकपा (एमाले)का सचिव तथा भूतपूर्व मन्त्री रघुवीर महासेठ नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवलाई १२४ मनान्तरले पछि पारी विजयी हनुभएको छ । मतगणनामा यी दुई नेता बीच तीव्र प्रतिस्पर्धा रहेको सो क्षेत्र विजयी भएका महासेठले ३२,२३६ मत पाउदा उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका यादवले ३२,११२ मत प्राप्त गर्नुभयो । योसँगै प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेकपा (एमाले)ले ४३ सिटमा जीत हासिल गरेको छ ।
विजयी हुनुभएका महासेठकी श्रीमती समेत रहेकी नेकपा (एमालेकी) जुलीकुमारी महतो यस अगाडि नै धनुषा क्षेत्र नं.३ बाट विजयी भई सक्नुभएको छ ।