भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ३ र ४ को सिमाना केन्द्रबिन्दु बनाई नेपाली कांग्रेस पानीट्याङ्की टोल कार्य समिति गठन भएको छ । यस भेगका प्रभावशाली समाजसेवी, राजनीतिक विश्लेषक तथा शिक्षाविद श्रीप्रलाद सिल्वालको अध्यक्षतामा गठन भएको टोल कार्य समितिको उपसभापतिमा अमृत खत्री, अनिश सिलवाल , सचिवमा गौतम खत्री र साजन खत्री, सह-सचिवमा सुधाकर थापा र शान्ता रानाभाट, कोषाध्यक्षमा श्रीमती मुना लुईटेल तथा सदस्यमा अरविन्द देवकोटा, अभिषेक सिल्वाल , पुरुषोत्तम सिल्वाल, पविन के.सी., सफल काफ्ले, बिष्णुहरि खत्री र रमेश खत्री सर्वसम्मत चयन हुनु भएको छ ।
नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका ३ नम्बर वडा समितिका सभापति श्री प्रभुभक्तमाडी श्रेष्ठको अध्यक्षता, सूर्यविनायक नगर सभापति निशान ढुङगेलको प्रमुख आतिथ्य, जिल्ला प्रतिनिधि किरण थापा श्रेष्ठ, बागमती प्रदेश ‘क’ का उपसभापति शशीकुमार न्यौपाने, नेपाली कांग्रेस जिल्ला सदस्य तथा बरिष्ठ पत्रकार कविर राणा, नेपाली कांग्रेस जिल्ला सदस्य जीवन श्रेष्ठ, नेपाली कांग्रेस अग्रज नेता रामप्रसाद दवाडी लगायतको आतिथ्यमा भएको नेपाली कांग्रेस पानीट्याङ्की टोल कार्य समिति गठन कार्यक्रममा वक्ताहरुले गाउँबाट नगर बनाउने अभियानको अभियन्ता नेपाली कांग्रेस नै भएको बताउँदै आगामी निर्वाचनहरुमा नेपाली कांग्रेसलाई मतदान गरेर लोकतन्त्रको भविष्य उज्वल बनाउन नव नियुक्त पदाधिकारी र उपस्थित कार्यकर्ताहरुलाई आग्रहका साथ अनुरोध गरेका थिए ।
नेपाली कांग्रेसका स्थानीय जुझारु नेता बलराम सिलवालले सूर्यविनायक नगरपालिका वडा नं. ३ मा नयाँ र पुराना बस्तीका मतदाताहरुको मन जित्नुका साथै नेपाली कांग्रेस पानीट्याङ्की टोल कार्य समिति गठनमा अत्यधिक सक्रियता देखाउनु भएको बताइएको छ ।



