काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक शुरु भएको छ । काठमाडौंको बानेश्वरमा शुरु भएको सो बैठक सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले अध्यक्षता गर्नु भएको छ । उक्त बैठक त्यस पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलन पछिको पहिलो पटक बसेको बताइएको छ ।
बैठकले सो पार्टी सहित ६ पार्टी र २ मोर्चाले सञ्चालन गरिरहेको एमसीसी(MCC) सम्झौता विरोधी संघर्षको समीक्षा , आगामी कार्योजना लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।