प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम नतिजा घोषणा आज

निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम नतिजा आज घोषणा गर्ने बताइएकोछ छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको मत परिणाम १६ दिन लगाएर घोषणा गरेको निर्वाचन आयोगले दलहरुले आफूले प्राप्त गरेको समानुपातिक सिटमा निर्वाचन आयोगलाई उपलब्ध गराएको नामको आधारमा आज प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक तर्फका उम्मेद्वारहरुलाई आज विजेता घोषणा गर्ने कार्यक्रम रहेको जनाइएको छ । सोमबार नै यो नतिजा घोषणा गर्ने भनिएपनि दलहरुले पठाएको प्रदेशतर्फका केही उम्मेद्वारको नामावलीमा क्लष्टर नमिलेकोले क्लष्टर मिलाउनु परेकाले आज घोषणा गर्न लागिएको निर्वाचन आयोगका अधिकारीहरुको भनाई छ । यो निर्वाचनमा प्रतिनिधि सभामा समानुपातिकतर्फ नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माके), रास्वपा , राप्रपा , जसपा, नेपाल र जनमत पार्टी राष्ट्रिय दल बनेपनि प्रत्यक्षतर्फ प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका नेकपा (एस) , नाउपा , लोसपा , नेमकिपा र राजमोले भने समानुपातिक तर्फ ३ प्रतिशत मत प्राप्त गर्न नसक्ता राष्ट्रिय दल बन्न सकेनन् तर प्रदेश सभामा समानुपातिक तर्फ प्राप्त मतको आधारमा भने माथि उल्लेखित १२ वटा दल सहित १३ वटा राजनीतिक दलको प्रतिनिधित्व हुने निर्वाचन आयोगको भनाई छ ।

सोमबारबाट निर्वाचन आचार संहिता समाप्त

यही मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण गत असोज १२ गतेबाट जारी भएको निर्वाचन आचार संहिता सोमबारबाट समाप्त भएको निर्वाचन आयोगले घोषणा गरेको छ तर यस पटक पनि निर्वाचनमा आचार संहिताकौ पालनामा कमी कमजोरी रहेको जानकारहरु बताउछन् । आचार संहिता उलङ्घन गरेको भन्दै निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेद्वारहरु लगायतलाई स्पष्टीकरण सोधेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *