काठमाडौं/ एमसीसी (MCC) सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा दलहरु बीच सहमति नजुटेपछि आज बस्ने गरी हिजो सूचना टाँस गरी स्थगित भएको संघीय संसदको प्रतिनिधि सभाको बैठक २०७८ फागुन १५ गते आइतबार दिनको १ बजे बस्ने गरी आज पनि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा हस्ताक्षर गरिएको सूचनामा उक्त कुरा उल्लेख छ ।
