मधेश प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनियताको सपथ लिने


मधेस प्रदेश सभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्। नेकपा (एस)को तर्फबाट निर्वाचित सो सभाका जेष्ठ सदस्य गोविन्द न्यौपाने त्यस सभाका नवनिर्वाचित सदस्यहरुलाई मधेश प्रदेश सभा भवनमा दिउसो २ बजे पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । १०७ सदस्यीय प्रदेश सभाको सभामुख चयन नहुदासम्म ७१ वर्षीय जेष्ठ सदस्य न्यौपानेले सभामुखको जिम्मेवारी निर्वाह गर्नु हुने छ ।

आज हुने सपथ ग्रहण कार्यक्रममा ३८ जना मधेश प्रदेश सभा सदस्यले मातृ भाषामा सपथ ग्रहण गर्ने सोही प्रदेश सचिवालयले जनाएको छ । जस अनुसार नेकपा (एमाले)का रामचन्द्र मण्डल , नेपाली कांग्रेसका शेषनारायण यादव , रामसरोज यादव , जीवछीकुमारी यादव र कुमरकान्त झा तथा जसपाका मनिषकुमार सुमन , राजकुमार गुप्ता , रामअशिष यादव , ममतादेवी मण्डल र किरणकुमारी साहले मैथिली भाषामा , नेपाली कांग्रेसका सकुन्तीदेवी महरा ,कौशल किशोर राय, जंगीलाल राय, कृष्णकुमार यादव , वीरेन्द्रकुमार सिंह र नागेन्द्र साह ,, जसपाका संजयकुमार यादव र शोभादेवी तथा लोसपाका रामकुमार तिवारी , अभिराम शर्मा, रुपाकुमारी यादव , उपेन्द्र महतो र रमिता प्रधानले बज्जिका भाषामा , नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमले उर्दु भाषामा , नेकपा (एमाले)का राजकुमार लेखी, देवनारायण थारु र राजेन्द्रप्रसाद चौधरीले थारु भाषामा , लोसपाका जितेन्द्र सोनल र स्वतन्त्र प्रदेश सदस्य सुरिताकुमारी साहले हिन्दी भाषामा , लोसपाका जितेन्द्र सोनल र स्वतन्त्र प्रदेश सदस्य सुरिता कुमारी साहले हिन्दी भाषामा र जसपाका सिंगासन साह कलवार , शाहिदा खातुन, सरोजकुमार यादव , बच्चा राउत अहिर र शेख अबुकलाम अजाद लोसपाका रमेशप्रसाद कुर्मी तथा नेकपा (माके)का शारदा पहाडीले भोजपुरी भाषामा सपथ ग्रहण गर्न उक्त प्रदेश सभा सचिवालयले जनाएको छ । त्यस अघि उक्त प्रदेश सभाका जेष्ठ सदस्य न्यौपानेले प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ ‌‌।

मधेस प्रदेश सभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा ( माके)का ९, नेकपा (एस) का ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र नागरिक उन्मुक्ति पार्टीका १ तथा स्वतन्त्र ५ जना सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *