अध्यक्ष महन्त ठाकुर लोसपाको संसदीय दलको नेता चयन

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर सो पार्टीको संसदीय दलको नेता चयन हुनुभएको छ । आज बसेको उक्त पार्टीको बैठकले ठाकुरलाई संसदीय दलको नेता चयन गरेको जनाइएको छ ।

प्रतिनिधि सभामा लोसपाका अध्यक्ष ठाकुर सहित नेता सर्वेन्द्रनाथ शुक्ल , शरदसिंह भण्डारी र रामप्रकाश चौधरी गरी लोसपाका ४ जना सांसद छन् । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४ सिट जितेपनि थ्रेसहोल्ड कटाउन नसकेपछि सो पार्टी राष्ट्रिय दल बन्न सकेन , जसले गर्दा उसले पाएको समानुपातिक मतबाट सांसद पाएन ।

Leave a Reply