राप्रपाका सांसद दीपक बोहोराको निधन

अस्वस्थ रहेर उपचारत राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भूतपूर्व मन्त्री दीपक बोहोराको काठमाडौंको चावहिलस्थित ॐ हस्पिटलमा निधन भएको जनाइएको छ । २०७७ सालमा कोभिड संक्रमण भएपछि उहाँको स्वास्थ्यमा समस्या रहदै आएको बताइएको छ

२०७९ सालमा सम्पन्न निर्वाचनमा राप्रपाका नेता बोहोराले तत्कालीन गृह मन्त्री तथा ५ दलीय गणबन्धनका साझा उम्मेद्वार बालकृष्ण खाणलाई नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालको सहयोगमा पराजित गरि रुपन्देही क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पञ्चायत कालबाट राजनीतिमा उदाएका बोहोरा बोहोरा पञ्चायतको अन्तपछि पनि सांसद र मन्त्री बन्नुभएको थयो । २०७९ सालको निर्वाचनमा संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरि उहाँ सहित राप्रपाका १४ जना सांसद निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *