राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक पुनर्विचारका लागि संघीय संसदमा फिर्ता

राप्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदनबाट पारित भई सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रमाणित भई नेपालको संविधान,२०७२ को धारा ११३को उप-धारा (२) बमोजिम आफू समक्ष प्रमाणिकरणका लागि नेपालको नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक पुनर्विचारका लागि फिर्ता पठाउनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । आज राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको संविधान,२०७२ को धारा ११३ को उप-धारा (३) बमोजिम सन्देश सहित पुनर्विचारका लागि राष्ट्रपति कार्यालयले संघीय संसदमा पठाएको उल्लेख छ ।

नागरिकहरुको चर्को विरोधका बाबजुद संघीय संसदका दुबै सदनबाट पारित भएको उक्त नागरिकता विधेयक राष्ट्रपति कार्यालयले सन्देश सहित पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाएको कार्यको नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी लगायतका केही दलले स्वागत गरेका छन् तर यसबारेमा सत्तारुढ दलहरुको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन ।

………………………………………………………………………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *