विप्लव नेतृत्वको नेकपा पनि स्थानीय तहको चुनावमा

काठमाडौं/ पार्टी भित्र तीव्र विरोध हुदाहुदैपनि आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा विप्लव नेतृत्वको नेकपाले पनि भाग लिएको छ । सो पार्टी निर्वाचन आयोगमा दर्ता नभएकोले उसका नेता कार्यकर्ताहरुले विभिन्न पालिकाहरुमा मेयर , उपमेयर लगायतका पदमा स्वतन्त्र उम्मेद्वारी मनोनयन गरेको उक्त पार्टी श्रोतले जनाएको छ । चुनावमा भाग लिएसँगै उक्त पार्टी भित्र अन्तरसंघर्ष थप चर्केको बताइएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ , प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताहरु चुनावको पक्षमा र हेमन्तप्रकाश ओली , धर्मेन्द्र बास्तोला लगायतका नेताहरु चुनावको विपक्षमा रहनु भएको बताइएको छ ।

नेपालको संविधान,२०७२ श्रमजीवी जनताको संविधान नभएको भन्दै त्यसको विरोध गर्दै आएको विप्लव नेतृत्वको नेकपाका महासचिव चन्द, प्रवक्ता विश्वकर्मा सहितका नेताहरु स्थानीय तहको चुनावमा भाग लिने पक्षमा उभिनुले उहाँहरु पनि नेपालको संविधान,२०७२ लाई स्वीकार गरी बिस्तारै संसदीय राजनीतिक धारतर्फ अगाडि बढेको संकेत गरेको कतिपय जानकारहरुको भनाई छ ।

यता सोही पार्टीका नेता धर्मेन्द्र बास्तोलाल प्रेस विज्ञप्ति जारी स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनेका आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई आफ्नो उम्मेद्वारी फिर्ता लिन आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *