संघीय संसदको जारी अधिवेशन आज राती १२ बजेबाट अन्त्य हुने

काठमाडौं/ आफ्नो पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरेको भन्दै नेकपा (एमाले) का सांसदहरुले संघीय संसदका दुबै सदनमा अवरोध जारी राखेका कारण संघीय संसदका दुबै सदनकै बैठक समस्या भइरहेको बेला मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधान-२०७२ को धारा ९३ को उप-धारा २ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आज राती १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुबै सदनको जारी अधिवेशन अन्त गर्नु भएको संघीय संसद सचिवालयले जनाएको छ ‌। हिजो मन्त्रीपरिषदले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो ।

हिजो बसेको प्रतिनिधि सभाको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले अवरोध गरेपछि सभामुख सापकोटाले २०७८ कार्तिक २९ गते सोमबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नु भएको थियो । त्यसैगरी नेकपा (एमाले) का सांसदहरुको अवरोधकै कारण राष्ट्रिय सभाको बैठक पनि गत असोज २४ गते यता बस्न सकेको छैन ।

संघीय संसदको अधिवेशन अन्त्य हुँदा महत्वपूर्ण विधेयक त्यत्तिकै अलपत्र भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *