१७ महिनापछि सरकारको चाबी पुन: एमालेको हातमा, राष्ट्रपति र प्रधानमन्त्री हठले कांग्रेस पुग्यो प्रतिपक्षमा

सर्वोच्च अदालतको परमादेशपछि केन्द्र र प्रदेश सरकारबाट बाहिरिएको नेकपा (एमाले)को हातमा पुन: १७ महिनापछि सरकारको चावी पुगेको छ । नेपाली कांग्रेस सहितका दलको गठबन्धन टुटेर नेकपा (एमाले)को अगुवाईमा दलहरुको गठबन्धन बनेर नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था बनेसँगै नेकपा (एमाले) पुन: सरकारमा पुगेको हो । केन्द्रीय सरकारसँगै प्रदेश सरकारको महत्वपूर्ण हिस्सा नेकपा (एमाले)को रहने छ । नयाँ गठबन्धनमा रहेका दलहरुले राष्ट्रपति , उपराष्ट्रपति , सभामुख , उप-सभामुख , राष्ट्रिय सभाको उपाध्यक्ष , प्रदेश प्रमुख , प्रदेश सरकार , प्रदेशका सभामुख र उप-सभामुख पद भागबण्डा गरेर लिने छन् ।

यता ८९ सिट जितेर प्रतिनिधि सभामा ठूलो दल बनेको नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री पदहठले हातमा परेको राष्ट्रपति सहित सरकारको साँचो गुमाएर प्रतिपक्षमा धकेलिएको छ । ठूलो दल बनेको दम्भ पाल्दा ऊ प्रतिपक्षमा धकेलिएको छ । अब उसले प्रदेश प्रमुख र प्रदेश सरकार पनि गुमाएर सबै प्रदेश सभामा प्रतिपक्षमा पुगेको छ । यसले २०६७ सालमा व्यवस्थापिका संसदमा प्रधानमन्त्री पदको निर्वाचनमा १७ पटकसम्म उम्मेद्वार बनेरपनि पराजित बनेका नेपाली कांग्रसका बरिष्ठ नेता रामचन्द्र पौडेलको राष्ट्रपति बन्ने चाहना अधुरै रह्यो । यो अवस्थाले नेपाली कांग्रेसको भित्रको सभापति देउवा पक्षीय धार निराश देखिएपनि शेखर-गगन पक्षधर धार भने निराश देखिएको छैन । राज्यको राजकीय पदका लागि खुट्टा उचालेर बसेका कांग्रेसजनलाई भने यसले ठूलो झड्का दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *