विभिन्न माग राखी सडक संघर्ष गरिरहेका ४ कम्युनिष्ट पार्टीले बुधबार जिल्ला प्रशासन कार्यालयहररुका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ४ बुँदे मागपत्र बुझाएका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशिल’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी)का जिल्ला समितिका प्रमुखहरुले संयुक्त रुपमा हस्ताक्षर गरी उक्त मागपत्र बुझाएका थिए । मागपत्र बुझाएपछि ती दलहरुले आयोजना गरेको विरोध कार्यक्रमहरुमा सरकारले आफूहरुले बुझाएको माग पुरा नगरे थप कडा आन्दोलन गर्ने वक्ताहरुले चेतावनी दिए ।
आफ्नो दोश्रो चरणको संषर्षको कार्यक्रम अन्तर्गत बुधबार मागपत्र बुझाएका ती दलहरुले आउदो भथौ ४ गते देशभर विरोध सभा गर्ने र सोही अन्तर्गत उक्त काठमाडौंको शान्तिबाटिकामा विरोधसभा , भदौ ६ गते मसाल जुलुस र भदौ ७ गते नेपाल बन्द गर्ने जनाएका छन् ।