राजसंस्था र हिन्दू धर्म पुन:स्थापनाको लागि भोलि आन्दोलनको घोषणा गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रमका लागि काठमाडौंको भृकुटीमण्डप नपाउने भएको छ । शिक्षकहरुको आन्दोलनका कार्यक्रम र भोलि नै राष्ट्रिय जनमोर्चाले त्यस क्षेत्रमा कार्यक्रम गर्न अनुमती लिएकोले सिफल या बल्खुमा कार्यक्रम गर्न सक्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राप्रपालाई पठाएको पत्रमा उल्लेख छ । आउदो बैशाख ७ गतेबाट राजसंस्था र हिन्दू धर्म पुन:स्थापनाका लागि आन्दलन गर्ने उक्त पार्टीका नेताहरुको भनाई छ ।
