राष्ट्रपतिका आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालको राजिनामा स्वीकृत

नेपाल सरकार, मन्त्रीपरिषदले १०० रुपैयाको नोटमा अहिलेको नेपालको नक्सा राख्ने निर्णय गरे लगत्तै त्यसको विरोध गरि अभिव्यक्ति दिएपछि विवादमा तानिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालले अन्तत: आजबाट सो पदबाट राजिनामा दिए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका डा. नेपालको उक्त राजिनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *