राष्ट्रिय सहकारी बैंकको शाखास्तरको उत्कृष्ट कारोवार पुरस्कार माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थालाई

राष्ट्रिय सहकारी बैंक लि.ले शाखास्तरको उत्कृष्ट कारोवार पुरस्कारबाट माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.लाई सम्मानित गर्ने भएको छ । यो पुरस्कार उक्त बैंकको शाखा स्तरको कार्यक्रमको अवसरमा प्रदान गरिने बताइएको छ । ललितपुर महानगरपालिका-११ कोन्तीमा आफ्नै भवन रहेको उक्त संस्थाले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्नुका साथै जिमखाना , फुटसल तथा त:ननी बचत तथा ऋण सहकारी संस्था लि.सँग मिलेर ललितपुरको शंखमुलमा लिटिल फ्लावर पब्लिक स्कुल सञ्चालन गरिरहेको छ । समुदायमा आधारित त्यस संस्थाले भाषा, कला , संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा जेष्ठ नागरिक सदस्य धार्मिक भ्रमण , महिला समूह धार्मिक भ्रमण , बाल सदस्य भ्रमण , बाल सदस्य लक्षित चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम लगायतका रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको छ ।

रु.३८ करोड वित्तीय कारोवार रहेको सो संस्थामा १५ प्रतिशत तरलता रहेको सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले बताउनुभयो ।

Leave a Reply