लागु औषध कारोबार मुद्धामा दोषी ठहर भएका अखिल नेपाल फुटबल संघ (ANFA) का उपाध्यक्ष दावा लामालाई आज काठमाडौंबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एन्फा उपाध्यक्ष लामालाई पक्राउ गरि अदालतमा उपस्थित गराएको जनाइएको छ । २०६४ जेठ २० गते पुनरावेदन अदालत पाटनबाट खैरो हिरोइन कारोबार मुद्धामा दोषी ठहर भई ५ वर्ष कैद र रु ५,००० जरिवानाको सजाय पाएका उनी प्रहरीको फरार सूचीमा रहेको बताइएको थियो ।