लिग चरणबाटै बाहिरियो ४ पटकको फिफा विश्वकप विजेता जर्मनी

सन् २०१४ मा सहित ४ पटक फिफा विश्वकप फुटबलमा विजय हासिल गरेको जर्मनी कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको लिग चरणबाटै बाहिरियो । समूह ‘ई’को लिग चरणको पहिलो खेलमा २-१ गोल अन्तरले जापानसँग पराजित भई स्तब्ध भएको जर्मनीले लिग चरणको दोश्रो खेलमा स्पेनसँग १-१ गोलको बराबरी खेलेर अंक बाडेको थियो भने लिग चरणको अन्तिम खेलमा कोष्टारिकालाई ४-२ गोल अन्तरले पराजित गरेर लिग चरणका ३ खेलमा ४ अंक जोडेको थियो तर जापानसँग पराजित भई समान ४ अंक नै जोडेको स्पेनसँग गोल आन्तरले पछि परी कोष्टारिकासँगै जर्मनी लिग चरणबाटै बाहिरिन विवश भयो ।

यो समूहमा रहेको स्पेनले लिग चरणको पहिलो खेलमा कोष्टारिकालाई ५-० गोल अन्तरले पराजित ग-यो भने जर्मनीसँग १-१ गोलको बराबरी खेलेपनि लिग चरणको अन्तिम खेलमा जापानसँग २-१ गोल अन्तरले पराजित भयो । यो समूहको विजेता बनेको जापानले जर्मनी र स्पेनलाई समान -१ गो अन्तरले पराजि ग-यो भने कोष्टारिकासँग -१० गोल अन्तश्रले पराजित भयो । यो समूहको पुछारमा रहेको कोष्टारिकाले जापानलाई १-० गोल अन्तरले पराजित गरेपनि स्पेनसँग ५-० गोल अन्तरले र जर्मनीसँग ४-२ गोल अन्तरले पराजित भयो ।

ब्राजिलमा सम्पन्न २०औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल खेलमा १-० गोल अन्तरले अर्जेन्टिनालाई पराजित गरी विजेता बनेको जर्मनीले सन् २०१८ मा रुसमा सम्पन्न २१औं संस्करणको विश्वकप फुटबलमा निराशाजनक खेल खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *