शुभकामना साकोसको आर्थिक वर्ष २०८०/०८१ को अर्ध-बार्षिक समीक्षा गोष्ठि सम्पन्न

भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय तथा नासमना र व्यासीमा सेवाकेन्द्र सञ्चालनमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक बर्ष २०८०/०८१ को अर्ध-वार्षिक समीक्षा गोष्ठि बागमती प्रदेश सभा सदस्य किरण थापाको प्रमुख आतिथ्यतामा शुभकामना पार्टी प्यलेस, भक्तपुरमा २०८० माघ १२ गते शुक्रबार सम्पन्न भयो । प्रमुख अतिथि थापाले उद्घाटन

गर्नु भएको सो गोष्ठिमा त्यसै संस्थाका सञ्चालक समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु , सल्लाहकारहरु , संस्थापकहरु र कर्मचारीहरु गरी ११० जनाको सहभागिता रहेको थियो । गोष्ठिमा संस्थाको गतिविधि र आर्थिक प्रतिवेदन सहितको अर्ध-वार्षिक बुलेटिन समेत विमोचन गरियो ।

गोष्ठिमा त्यसै संस्थाका उपाध्यक्ष निर्मला सुवालले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य गर्दै चार वर्षीय व्यवसायिक योजनाको आधारमा बनाइएको यस आ.ब.को वार्षिक कार्ययोजनाका समीक्षा गर्ने उद्देश्यले अर्ध-वार्षिक समीक्षा गोष्ठिको आयोजना गरेको बताउनुभयो ।
गोष्ठिमा संस्थाका सचिव पुष्पलाल तिमिलाले उक्त संस्थाको वार्षिक कार्यक्रम प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष नारायणबहादुर बासुकलाले संस्थाको वित्तीय विवरण प्रस्तुत गर्नु भएको थियो, जसअनुरुप संस्थाको लक्ष्य र प्रगतिबारे छलफल गरिएको थियो ।
त्यसैगरी गोष्ठिमा सोही संस्थाका प्रबन्धक रेश्मी श्रेष्ठले संस्थाको सम्पूर्ण अवस्थाको बारेमा आफ्नो धारणा सहित प्रस्तुती गर्नुभएको थियो । त्यस अवसरमा प्रतिवेदन उपर छलफलको क्रममा संस्थाका संस्थापक वीरेन्दमान सैंजु र कृष्णप्रसाद दुवालले आ-आफ्नो जिज्ञासा प्रकट गर्नुभएको थियो ।

गोष्ठिमा मन्तव्य गर्दै प्रमुख अतिथि किरण थापाले सहकारी मुल्य, मान्यता र नियम संगत ढंगले सञ्चालन भएको हुँदा शुभकामना साकोस वास्तवमा उत्कृष्ट सहकारी संस्था हुन सफल भएको बताउनुभयो । उहाँले सुरक्षित क्षेत्रमा ऋण लगानी गर्दै आईरहेकको शुभकामना साकोसले पर्यटन तथा सांस्कृतिक क्षेत्रमा लगानी गर्न सुझाव समेत दिनुभयो ।
यसैगरी गोष्ठिमा मन्तव्य व्यक्त गर्दै त्यसै संस्थाका सल्लाहकार लक्ष्मीभक्त बासुकलाले यसरी अर्ध-वार्षिक कार्यक्रमको आयोजना गरी संस्थाको वित्तीय विवरण र अवस्थाबारे जानकारी गराउनु संस्थाको आर्थिक हिसावहरुमा पारदर्शिता रहेको राम्रो पक्ष हो भन्ने धारणा व्यक्त गर्नुभयो ।
गोष्ठिको अन्तमा सो संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले आफ्नो मन्तव्य व्यक्त गर्द हाल सहकारीमा समस्या आउनुको प्रमुख कारणहरुमध्ये सहकारी अभियानको कमी, नियामक निकायको कमजोरी र लोभी बचतकर्ता रहेको बताउनुभयो । उहाँले हाम्रो यस शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कुनद्वारा सञ्चालित स्तरीकरण कार्यक्रम अन्तर्गतको एक्सेस ब्राण्डिङ (Acess Branding) कार्यक्रममा सहभागी भइ नीति, विधि र प्रविधि अन्तर्गत सञ्चालनमा रहेको र यसले ऋण लगानी गर्दा राम्ररी विश्लेषण गरेर मात्रै गरी आएको विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *