संघीय संसदमा एमालेको दोहोरो भूमिका

काठमाडौं/ मंगलबार अपरान्हबाट शुरु भएको संघीय संसदको बजेट अधिवेशनमा नेकपा (एमाले)ले दोहोरा भूमिका प्रस्तुत गरेको देखिएको छ । आफ्नो पार्टीको सिफारिस अनुसार सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एस)का सांसदहरुलाई निश्कासनको सूचना प्रकाशित नगरेको भन्दै यस अगाडि संसद अवरोध गर्दै आएको सो दलले मंगलबार शुरु भएको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठकमा सहभागी भयो तर उसले माथिल्लो सदन राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको थियो । उसको यो कार्यलाई सरोकारवालाहरुले चासोका साथ हेरेका छन् ।

कतिपय विश्लेषकले भने मंगलबारको प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)को नरम नीतिबाट यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सो पार्टीका नेताहरुको दम्भ र सत्ता गठबन्धनका कारण केही हदसम्म धक्का खाएकाले उसले सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग सहकार्यको हात बढाउन खोजेको संकेतको रुपमा अर्थ्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *