मजदुरहरु माथि भइरहेको शोषणको विरोधमा संंयुक्त ट्रेड पुनियन संंघर्ष समितिले संघर्ष गर्ने भएका छन् । ललितपुरको कोपुण्डोलस्थित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेेपाल ट्रेड यूनियन महासंघ (क्रान्तिकारी)को कार्यालयमा बसेको संयुक्त ट्रेड युनियन संघर्ष समितिको बैैैठकले सो निर्णय गरेको ऋ्षि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापाले अलगपथलाई बताउनुभयो । उक्त बैठकले संयुक्त ट्रेड यूनियन संंघर्ष समितिको अर्को बैठक भाद्र १ गते बस्ने गरि तय गरेकोले त्यस बैठकबाट मजदुरहरु माथि भइरहेको शोष ण र उत्पीडन विरुद्ध संघर्ष अगाडि बढाउने बारे कार्योजना बनाउने सहमती भएको उहाँको भनाइ छ ।





