सडकमा दुर्घटनामा अस्ताए बागमती प्रदेशका पूर्व मन्त्री बलराम पौडेल

बुधबार बिहान बर्दघाट सुुस्ता पूर्व नवलपरासीको गैंडाकोटस्थित कालीगण्डकी चोक नजिकैको पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुुर्घघटनामा परी बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बलराम पौडेलको निधन भयो । चितवनको भरतपुर महानगरपालिका वडा न.१७ विजयनगर निवासी ६६ वर्षीय पूर्व मन्त्री पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ग १ ख ८५४७ नम्बरको बसले ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको बताइएको छ । प्रहरीले ठक्कर दिएको बस र बसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

दिवंगत पौडेल २०७८ पुस ८ गते बागमती प्रदेशको भूमि व्यवस्था , कृषि तथा सहमनरी मन्त्री बन्नुभएक‍ो थिय‍ो । उहाँको निधनप्रति सहकारीकर्मीहरु लगायतले शोक व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *