सन्दीप लामिछाने विरुद्ध जाहेरी दिनेको उमेर १८ वर्ष माथि रहेको प्रमाण प्राप्त भयो : अधिवक्ता रिजाल

१८ वर्ष भन्दा कम उमेरकी नावालिका माथि बलात्कार गरेको आरोपमा आफू विरुद्ध जाहेरी परेपछि महानगरीय प्रहरी वृत्त, गौसालामा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध जाहेरी दिनेले २ वटा जन्मदर्ताको प्रमाण-पत्र र जन्मदर्ता प्रमाण-पत्रको प्रतिलिपि बनाएको प्रमाण हामीहरुले प्राप्त गरेकोले त्यसलाई अदालतमा पेश गर्ने अधिवक्ता सुधा रिजालले बताउनुभएको छ । आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले ‘ ती जन्मदर्ताको प्रमाण-पत्र हेर्दा ती युवतीको उमेर १८ वर्ष माथि रहेको देखिन्छ’, भन्नुभयो ।

यता क्रिकेटर सन्दीप लामिछानेले पनि आज काठमाडौं जिल्ला अदालतमा न्यायधीशले सोधेका प्रश्नको जवाफ दिने क्रममा आफूमाथि बलात्कारको आरोप लगाउने जाहेरीवालाले आफूलाई १९ वर्ष भएँ भने बताउनुभएको उहाँका वकील अधिवक्ता सरोजकृष्ण घिमिरेले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । जाहेरीवालाको आग्रहमा उनलाई आफूले भेटेको बताउदै त्यस क्रममा सन्दीपले आफू निर्दोष रहेको बताएको वकील घिमिरेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *