काठमाडौं/ यही बैशाख १८ गते बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको उक्त निर्णय खारेज गरी आफूलाई का.मु. प्रहरी महानिरीक्षक बनाउन माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले यही बैशाख १९ गते सर्वोच्च अदालतमा दायर गरेको रीट हेर्दाहेर्दैमा परेको छ । न्यायधीश पुष्पलता माथेमाको एकल इजालासमा रहेको सो रीट माथि बरिष्ठ अधिवक्ता हरिहर दाहाल लगायतले बहस गर्नु भएको थियो ।
नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले पहिलो बरियताका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र दोस्रो बरियताका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापालाई छाडेर तेस्रो बरियतामा धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।