उपचारका लागि कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं लगियो

नागरिकता कीर्ते गरेक‍ो आरोपमा गत मंगलबारदेखि प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई स्वास्थ्यमा थप जटिलता देखिएकोले उपचारका लागि आज दिउसो हेलिकप्टरमा जनकपुरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय , धनुषाले जनाएको छ । उनी उपचाररत काव्या अस्पतालले उनको स्वास्थ्यमा थप जटिलता देखिएकोले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लानु पर्ने भन्दै रेफर गरेपछि उनलाई काठमाडौं पठाएको बताइएको छ । उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार गरिने जनाइएको छ ।

गत शुक्रबार राती अध्यक्ष सिरोहियाले मुटुमा समस्या भयो भनेपछि उनलाई प्रहरीले उपचारका लागि जनकपुरस्थित प्रदेशिक अस्पताल लगेको थियो । उनको स्वास्थ्य परीक्षण गरि उपचारपछि शनिबार सो अस्पतालले रेफर गरेको थियो । त्यसपछि उनलाई उपचारका लागि नजिकैको निजी सुबिधा सम्पन्न काव्या अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचारतरत उनलाई हिजो प्रहरीले एम्बुलेन्समा राखेर जिल्ला अदालत , धनुषामा पेश गरेको थियो । सरकारी वकीलको कार्यालय, धनुषाले ५ दिनको समय माग गरेपनि जिल्ला अदालत, धनुषाका न्यायधीश यदुराज शर्माको इजालासले चाडो अनुसन्धान सक्नु भन्दै थप ३ दिन अध्यक्ष सिरोहियालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थिय‍ो ।

यता अध्यक्ष सिरोहियाले भने आफू माथि लागेको आर‍ोपको विषयमा आफना कानुन व्यवसायीको उपस्थितिमा मात्रै प्रहरीलाई बयान दिएको समाचार सामाजिक सञ्जालमा देखिएको छ ।

सिरोहियाको नागरिकता किर्तेमा सम्लग्न सरकारी अधिकारीलाई कारबाही गर्न माग

नागरिकता कीर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिर‍ोहियाको नागरिकता कीर्तेमा सम्लग्न सरकारी अधिकारीलाई कारवाही नगरिएको भन्दै बुद्धिजीवीहरु लगायतले आक्र‍‍ोस व्यक्त गरेका छन् । प्रा.डा. सुरेन्द्र के.सी.लगायतले अध्यक्ष सिरोहियासँगै उनको नागरिकता कीर्तेमा सम्लग्न सरकारी अधिकारीहरुलाई कारबाही गर्नु पर्ने अभिव्यक्ति दिएको सामाजिक सञ्जालमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *