काठमाडौं उपत्यकाबासीका धारामा आजबाट मेलम्चीको पानी आउने

गत असारबाट बन्द भएको मेलम्चीको पानी आजबाट काठमाडौं उपत्यकाका धारामा पुन: वितरण थालिने जनाइएको छ । आज महाङ्कालको खानेपानी वितरण केन्द्रमा खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले धारा खोलेर मेलम्चीको पानी वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । हरेक वर्ष हिउदको समयमा मात्र आउने मेलम्चीको पानी जेठ अन्तिमबाट बर्षात नसकिदासम्म बन्द हुनेछ । आज वितरण शुरु हुने पानी शुरुमा १० करोड र पछि १७ करोड लीटर पानी वितरण हुने केयुकेलले जनाएको छ केही दिनयता मेलम्चीको पानी पठाएर सुरुङ सफा गरी त्यो पानी बागमती नदीमा पठाइएको थियो । सुरुङ र धारा सफा गरेपछि सो पानी आजबाट काठमाडौं उपत्यकाबासीको धारा पठाउन लागिएको भताइएको छ ।

यता हिउदमा मात्रै मेलम्चीको पानी काठमाडौंमा आउन सक्ने अवस्था रहेकोले सरकारले काठमाडौं उपत्यका वरिपरि रहेका पानीका मुहान संरक्षण गरी तिनको उचित व्यवस्थापन गरेर काठमाडौं उपत्यकाबासीको खानेपानी समस्या समाधानको उपाय खोजी गर्ने दिशामा लाग्नु पर्ने आवाज पनि उठिरहेको छ ।

Leave a Reply