दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाडौं/ नेपाल सरकार,मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा चितवनका नारायणप्रसाद दाहाललाई मनोनित गर्नु भएको छ । शुक्रबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ‌। राष्ट्रिय सभा सदस्यमा मनोनित नेकपा (माके)का नेता दाहालको कार्यकाल ६ वर्षको हुने छ ‌।

राष्ट्रिय सभाका एक तिहाई सदस्यको कार्यकाल २ वर्षमा सकिने गर्छ । नेपाल सरकारद्वारा मनोनित एक जना अरु रिक्त सदस्यको पदपूर्ति गत माघ १२ गते सम्पन्न निर्वाचनबाट भएको थियो । जसमा नेकपा (एमाले)का एक जना बाहेक बाँकी ५ दलीय सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *