नेफ्स्कून पत्रकारिता पुरस्कार पत्रकार माधव खड्कालाई प्रदान

यस वर्षको नेफ्स्कून फत्रकारिता पुरस्कार पत्रकार माधवकुमार खड्कालाई प्रदान गरिएको छ । नेपालपत्र न्युज डट कमका सम्पादक खड्कालाई शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नेफ्स्कूनको ३१औं वार्षिक साधारण सभामा पूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका नि:वर्तमान अध्यक्ष केशवप्रसाद बडाल, सोही महासंघका अध्यक्ष मिनराज कँडेल र नेफ्स्कूनका पदाधिकारीले संयुक्त रुपमा सो पुरस्कार प्रदान गर्नुभयो ।

बिगत डेड दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर कार्यरत खड्काले विशेष गरी आर्थिक र त्यसमा पनि सहकारीको विषयमा कलम चलाउदै आउनुभएको छ । दोलखामा जन्मिएका खड्का पत्रकारिता जगतमा मिलनसार पत्रकारको रुपमा परिचित हुनुहुन्छ । उहाँ सहकारी पत्रकार समाजमा पनि आवद्ध हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *