काठमाडौं/ बिहीबार बसेको मन्त्रीपरिषद बैठकले २० देशका राजदूतका लागि सिफारिस गरेका २० जना मध्येका एक जना पूर्व सांसद नवराज सुवेदी पनि हुनुहुन्छ । उहाँ साउदी अरबको राजदूतका लागि सिफारिस हुनु भएको छ । प्राध्यापन छाडेर २०५१ र २०५६ सालमा भएको संसदीय निर्वाचनमा प्युठान क्षेत्र नं.२ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद हुनुहुन्थ्यो सुबेदी । त्यसपछि सुवेदी नेकपा (एकताकेन्द्र मसाल), नेकपा (एकताकेन्द्र मसाल केन्द्रीय तदर्थ समिति), नेकपा (एकीकृत), एनेकपा (माओवादी), नयाँ शक्ति पार्टी, संघीय समाजवादी पार्टी हुदै जनता समाजवादी पार्टीमा पुग्नुभयो । हाल उहाँ जसपाको केन्द्रीय कार्यकारिणी सदस्य हुनुहुन्छ ।
सुबेदीसँगै मन्त्रीपरिषद बैठकले विष्णु पुकार श्रेष्ठ -चीन, मिलन तुलाधर -रुस , शर्मिला पराजुली ढकाल – स्पेन, बाशुदेव मिश्र- श्रीलंका, दानबहादुर तामाङ- दक्षिण अफ्रिका , ज्योति प्याकुरेल-दक्षिण कोरिया, शान्ता रिजाल-इजरायल , प्रा.डा. रामसुरज राय यादव -डेनमार्क , डिल्लीराज पौडेल-मलेसिया , कैलाश पोखरेल-अष्ट्रेलिया र नरेश विक्रम ढकाल- कतारको राजदूतका लागि सिफारिस गरेको छ । त्यसैगरी मन्त्रीपरिषद बैठकले परराष्ट्र मन्त्रालयका ८ जना राजपत्रांकित प्रथम श्रेणीका ८ जना कर्मचारीलाई राजदूतका लागि सिफारिस गरेको जनाइएको छ । जसमा हरिशचन्द्र घिमिरे-बहराइन, डोरनाथ अर्याल- ओमन, तीर्थराज वाग्ले-म्यानमार, सुशिलकुमार लम्साल-इजिप्ट, भरतकुमार रेग्मी-अष्ट्रिया , निर्मलराज काफ्ले -ब्राजिल, दुर्गाबहादुर सुबेदी-जापान र घनश्याम भण्डारी-बंगलादेशका लागि हुनुहुन्छ ।
संसदीय सुनुवाई समितिबाट अनुमोदन भएमा उहाँहरुको राजदूतको लागि सम्बन्धित देशमा एग्रिमोको लागि प्रक्रिया अगाडि बढ्ने छ र सम्बन्धित देशले एग्रिमो पठाएमा उहाँहरु राजदूत भएर जानु हुनेछ ।