काठमाडौं/ स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा कार्यस्थलमा महिलाको सुरक्षा र महिनावारी हुँदा महिलाले बिदा पाउनु पर्ने विषय सघन ढंगबाट सतहमा आएको छ । यो विषयमाथि धेरै पहिलेदेखि नै छलफल हुदै आएको छ । यसैलाई महिला अधिकारकर्मी र महिला संगठनका नेतृहरुले अभियानका रुपमा अगाडि बढाउदै आएका छन् । अखिल नेपाल महिला यूनियनकी नेतृ शारदा श्रेष्ठ ‘समय समयमा कतिपय महिलाहरु यौन हिंसाको शिकार बनिरहेका खबर सार्वजनिक भइरहेको परिप्रेक्षमा महिलाहरु सुरक्षित हुने वातावरण हुनु परो र महिनावारी भएको बेलामा महिलाको स्वास्थ्य अवस्था कमजोर हुने भएकोले उनलाई कार्यस्थलमा काम गर्न गाह्रो पर्ने भएकोले महिनावारीको समयमा महिलालाई बिदा दिने व्यवस्था हुनुपरो’, भन्नुहुन्छ । महिला र पुरुषलाई समान कामको समान ज्याला/ तलव हुनुपर्ने उहाँको भनाई छ । यस्तै काठमाडौंको तिनकुनेमा रहेको ट्रिटन इण्टरनेशनल स्कूलकी शिक्षिका सीता निरौला पनि महिनावारी हुदा महिलालाई कार्यस्थलमा काम गर्न गाह्रो पर्ने भएकोले महिनावारी हुदा महिलालाई बिदा दिने व्यवस्था हुन सके राम्रो हुने बताउनुहुन्छ ।
काठमाडौं महानगरपालिकाकी नेपाली कांग्रेसकी मेयर पदकी उम्मेद्वार सिर्जना सिंह आफू काठमाडौं महानगरपालिकाको मेयर बनेमा महिलाहरुको सुरक्षाको लागि आवश्यक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । यसैगरी काठमाडौं महानगरपालिकाको नेकपा (एमाले)की उप-मेयर पदकी उम्मेद्वार सुनिता डंगोल आफूले काठमाडौं महानगरपालिकाको उप-मेयरमा जिते कार्यस्थलमा महिलाको सुरक्षा , महिनाबारी हुँदा महिलालाई बिदा दिने र वालश्रम अन्त्य गर्ने नीति अगाडि बढाउने बताउनुहुन्छ ।
नेपाली समाज र त्यसमा पनि विशेषगरी नेपाली आर्यन समाजमा महिनावारी भएका महिलाले अलग्गै बस्नु पर्ने र ती महिलाले छोएको ४ दिनसम्म खान हुदैन भन्ने प्रथा कायमै छ । त्यसमा पनि ग्रामिण समाजमा भने महिनाबारीको समयमा भातभान्साबाट अलग रहने महिलाले खेतबारीमा काम गर्ने, दाउरा र घाँस बोक्ने जस्ता कठिन शारीरिक श्रम गर्नु पर्ने बाध्यत्मक अवस्था छ । कतिपय देशमा भने महिनावारीको समयमा महिलालाई बिदा चलन रहेको महिला अधिकारकर्मीहरुको भनाई छ ।
……………………………………………………………………..