यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा भाग लिएका राजनीतिक दल तथा उम्मेद्वारहरुलाई सो चुनावको मत परिणाम सार्वजनिक भएको ३५ दिन भित्र चुनावको खर्च विवरण बुझाउन निर्देशन जारी गरेको छ । राजनीतिक दलहरु र उम्मेद्वारहरुले निर्वाचन आयोगले निर्धारण गरेको ढाचामा विवरण भरी निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा र प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारहरुले निर्वाचन आयोगका सम्बन्धित प्रदेश कार्यालय या जिल्ला कार्यालयमा चुनालको खर्च विवरण बुझाउन सकिने कानुनी व्यवस्था छ । यदी चुनावको नतिजा घोषणा भएको ३५ दिन भित्र कुनै राजनीतिक दल या उम्मेद्वारले आफ्नो चुनावको खर्च विवरण नबुझाएमा निर्वाचन आयोगले दण्डित गर्न सक्ने कानुनी व्यवस्था छ ।
यता कतिपय जानकारहरु भने बिगतमा धेरैजसो राजनीतिक दल तथा उम्मेद्वारले निर्वाचन आयोगमा बुझाउने गरेको चुनावको खर्च विवरण वास्तविक नहुने गरेको पाइएकोले केवल औपचारिकताका लागि मात्रै हो भने तिनले निर्वाचन आयोगमा बुझाउने खर्च विवरणको औचित्य नहुने बताउछन् तर निर्वाचन आयोगका अधिकारीहरु भने कुनै राजनीतिक दल या उम्मेद्वारले चुनावको खर्च विवरण नबुझाएमा या राजनीतिक दल या उम्मेद्वारले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण झुठो ठहरिएमा निज माथि कानुनमा व्यवस्था भए बमोजिम कडा कारवाही हुने बताउछन् ।