सहकारी विद डा.देशमर्दन बस्न्यात नेफ्स्कून विद्वता पुरस्कारबाट सम्मानित

यस वर्षको नेफ्स्कून विद्वता पुरस्कारबाट सहकारी विद डा. देशमर्दन बस्न्यात सम्मानित हुनुभएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार सम्पन्न नेफ्स्कूनको ३१औं वार्षिक साधारण सभाको अवसरमा डा.बस्न्यातलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।

काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारस्थित वचन बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्ध सञ्चालक डा. बस्न्यातले राष्ट्रिय सहकारी विकास बोर्डबाट प्रदान गरिएको छात्रबृत्ति सुबिधाको सहयोगमा कोभिड-१९ को समयलाई उपयोग गरी प्यासिफिक युनिभर्सिटीबाट सहकारीका कर्मचारी विषयमा विद्यावारिधिको उपाधि हासिल गर्नु भएको छ । मिलनसार र मृदुभाषी डा. बस्न्यात यतिबेला पनि अनुसन्धानमूलक कार्यमा लागिरहनुभएको छ । काठमाडौंको धर्मस्थली निवासी डा.बस्न्यात अध्यापन समेत गर्नुहुन्छ ।

Leave a Reply