समुह ‘डी’ बाट फ्रान्स विजेता र अष्ट्रेलिया उप-विजेता बनी नकाउट चरण प्रवेश

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुबलको समुह ‘डी’ बाट फ्रान्स समुह विजेता र अष्ट्रेलिया समुह उप-विजेता बन्दै नकाउट चरणमा प्रवेश गरेका छन् । बुधबार साझ सम्पन्न समुह ‘डी’ को लिग चरणको अन्तिम खेलमा डिफेण्डिङ च्याम्पियन फ्रान्स ट्युनियासियासँग १-० गोल अन्तरले पराजित भयो तर अष्ट्रेलियाले भने डेनमार्कलाई १-० गोल अन्तरले पराजित गरी स्तब्ध बनायो । फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेपनि १ खेलमा हार र १ खेलमा बराबरी गरी ४ अंक प्राप्त गरेको ट्युनिसियाका लागि त्यो जीत नकाउट चरण प्रवेशका लागि पर्याप्त हुन सकेन । फ्रान्स र अष्ट्रेलिया दुबैले दुई खेतमा जीत र १ खेलमा पराजित भई समान ६ अंक जोडेका थिए ‌‌‌‌तर गोल अन्तरको आधारमा फ्रान्स समुह विजेता बन्न सफल भयो भने अष्ट्रेलिया समुह उप-विजेतामै चित्त बुझाउन बाध्य भयो । यता २ खेलमा हार र १ खेलमा बराबरी गरेर डेनमार्कले १ अंक बटुलेको थियो । समुह ‘डी’ को समुह विजेता फ्रान्सले समुह ‘सी’ को उप-विजेता पोल्याण्डसँग र समुह ‘डी’ को उप-विजेता अष्ट्रेलियाले समुह ‘डी’ को विजेता अर्जेन्टिनासँग प्री क्वाटर फाइनल खेल खेल्ने छन् ।

समुह ‘डी’ मा रहेका फ्रान्स र ट्युनिसिया बीचको खेलको ५८औं मिनेटमा ट्युनिसियाका वाहबी खाजरीले फ्रान्स विरुद्ध गोल गरेका थिए । नकाउट चरण प्रवेश पक्का गरी सकेको फ्रान्सले फ्रान्सले भने यो खेलमा खेलाडी परिवर्तन गरेको थियो । खेलको इञ्जुरी समयमा फ्रान्सका एण्टोनी ग्रिजम्यानले गरेको गोल अफसाइड भएको थियो ।

यस्तै समुह ‘डी’कै अष्ट्रेलिया र डेनमार्क बीचको लिग चरणको अन्तिम खेलको ६०औं मिनेटमा ट्युनिसियाका रिले म्याग्रेको पासमा म्याथ्यु लेकीले गोल गरेर १६ वर्ष पछि अष्ट्रेलियाको नकाउट चरण पक्का गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *