सर्वोच्च अदालतमा प्रधानन्यायधीश नियुक्त गर्न तीन दल सहमत

मुख्य तीन दलका शीर्ष नेताहरु संवैधानिक परिषदको बैठक ब‍ोलाएर सर्व‍ोच्च अदालतमा प्रधानन्यायधीश नियुक्त गर्न सहमत भएको बताइएको छ । स‍ोमबार भक्तपुरको बालक‍ोटस्थित नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको निवासमा प्रधानमन्त्री तथा नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेको उपस्थितिमा भएको छलफलमा सो सहमती भएको नेपाली कांग्रेसका नेता रमेश लेखकको भनाइ छ ।

नेपाल बार एस‍‍ोसिएशनले बैशाख महिनाक‍ो पहिलो हप्तासम्म प्रधानन्यायधीश नियुक्त गर्न दवाव दिएका कारण नेताहरु सो छलफलमा जुटेको जानकारहरु बताउछन् ।

२०७८ फाल्गुण १ गते तत्कालीन प्रधानन्यायधीश च‍ोलेन्द्र शमशेर जबरा विरुद्ध महाअधियोग प्रस्ताव दर्ता भएपछि सोही दिनबाट सर्वोच्च अदालतका बरिष्ठतम न्यायधीशद्वय दीपककुमार कार्की र हरिकृष्ण कार्कीले पालैपालो कायममुकायम प्रधानन्यायधीश बनेर सर्वोच्च अदालतको नेतृत्व गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *