सहकारी क्षेत्रका गतिशील व्यक्तित्व : सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेल


नेपालमा सहकारी क्षेत्रमा क्रियाशील बौद्धिक ब्यक्तित्वहरू मध्ये सहकारी विज्ञ डा ज्ञानेन्द्रप्रसाद पौडेल सबै भन्दा अगाडि आउने नाम हो । आफूलाई अध्ययन, अध्यापन र प्राज्ञिक क्षेत्रका साथसाथै सहकारी अभियानमा दुई दशक भन्दा बढी समय खर्चिनुभएका डा.पौडेलका राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरुमा थुप्रै अनुसन्धानमूलक लेखहरू प्रकाशित भएका छन् । डा. पौडेलले राष्ट्रिय र अन्तरराष्ट्रिय सेमिनार, कार्यशाला र गोष्ठिहरूमा नेपालको सहकारी अभियानको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै आउनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा स्थायी प्राध्यापन गर्ने अवसरलाई समेत गुमाएर सहकारी क्षेत्रमा क्रियाशील रहदै आउनुभएका डा. पौडेलको भर्खरै मात्र यूरोपको ख्याति प्राप्त पुस्तक प्रकाशक ALLIVA Press ले “Sixty-five Years of Nepalese Cooperative Movement and its Direction” नामक पुस्तक प्रकाशित गरेको छ । यसका अतिरिक्त उहाँले “Credit Risk Management in Nepalese Cooperative Societies” र “सङ्घीय नेपालको भू-राजनैतिक अर्थव्यबस्थाका आयामहरू” नामक पुस्तकहरू समेत प्रकाशित गरिसक्नुभएको छ । ” संघीय नेपालको भू-राजनीतिक अर्थव्यवस्थाका आयामहरु’ नामक पुस्तक भने उहाँले डा.उत्तम नेपालसँग सहकार्य गरेर लेख्नुभएको हो ।
डा. पौडेलद्वारा लिखित पुस्तकहरु :

अर्थतन्त्र र सहकारीका सम्बन्धमा दर्जनौ लेखहरू र अन्तर्वार्ताका माध्यमबाट आफ्ना विचारहरू नियमित रुपमा प्रस्तुत गर्दै आऊनुभएका डा. पौडेलले सहकारीका विविध आयामका सम्बन्धमा बिभिन्न समयमा तालिम कार्यक्रमका माध्यमबाट समेत धेरै सहकारीकर्मीहरुलाई प्रशिक्षित गर्दै आउनुभएको छ ।

‘Credit Risk Management in Nepalies cooperative societies’ विषयमा विद्यावारिधि गर्नुभएका सहकारी विज्ञ डा. पौडेल सहकारी अनुसन्धान तथा अध्ययन केन्द्र, नेपालको अध्यक्ष, राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकार, नेपाल मर्चेंन्ट को-अपरेटिभ लिमिटेडको प्रबन्ध निर्देशक, प्रस्तावित नेपाल सहकारी बैंक लि.को सञ्चालक तथा विभिन्न प्रारम्भिक सहकारी संस्थाका सल्लाहकार हुनुहुन्छ । यसका साथै उहाँ प्रजातान्त्रिक महासंघ, नेपालको अध्यक्ष तथा विभिन्न सामाजिक संस्थाहरूको सल्लाहकारको समेत भूमिका निर्वाह गर्दै आउनुभएको छ । यसका अतिरिक्त उहाँ काठमाँडौको लैनचौरस्थित नेशनल कलेज (निष्ट) मा अर्थशास्त्र बिषयको प्राध्यापन समेत गरिरहनु भएको छ ।

हामिलाई जानाकारी भएसम्म नेपालमा सहकारी अभियानमा क्रियाशील रहेर सहकारी बिषयमा नै बिधावारिधि गर्ने उहाँ पहिलो ब्यक्ति हो । बिधाबारिधिका लागि किन सहकारी विषय नै रोज़्नु भयो त भन्ने अलगपथको जिज्ञाशाको जवाफमा उहाँले नेपालको आर्थिक विकासका लागि सहकारी पद्दती नै उपयोगी भएकोले आफूले विद्यावारिधिका लागि सहकारी बिषय चयन गरेको बताउनुहुन्छ ।

नेपालका सहकारी संस्थाहरू एक पछि अर्कों गर्दै समस्यामा परिरहेको समयमा डा.पौडेल जस्ता यो क्षेत्रका विज्ञहरूबाट सहकारीको क्षेत्रमा महत्वपूर्ण योगदान प्राप्त हुन सक्ने हामीले धेरै अपेक्षा गर्न सक्दछौं । उहाँले नेपालको सहकारी अभियानको गुणात्मक विकासका लागि आफ्नो ठाउँबाट ठूलो योगदान पु-याउनुभएको छ । त्यहीं कारण डा. पौडेल राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल बिधा भूषण ‘क’ बाट सम्मानित भई सक्नुभएको छ । यसैगरी उहाँले नेफ्स्कूननले प्रदान ग़र्ने नेफ्स्कूनको विद्वत्ता सम्मान, राष्ट्रिय सहकारी बैंक लि.ले प्रदान गर्ने सहकारी विद्वत्ता सम्मान प्राप्त गरिसकनु भएको छ। यसका अलवा उहाँलाई राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपाल , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. लगायत थुप्रै सहकारी संघ/ संस्था र सामाजिक संस्थाहरूले समेत सम्मान गरिसकेका छन् ।
२०७८ चैत्र १० र ११ गते काठमाडौंमा सम्पन्न भएको पहिलो अर्थशास्त्री सम्मेलनमा उहाँले डा उत्तम खनालसँगको सहकार्यमा लेखेको “सङ्घीय नेपालको भू -राजनैतिक अर्थतन्त्रका आयामहरू” नामक पुस्तकको लोकार्पण भएको छ । सङ्घीय नेपालको भू-राजनैतिक अर्थतन्त्र जान्न चाहने विद्यार्थी , शिक्षक, अनुसन्धानकर्ता लगायत समाजका सबै वर्गका मानिसका लागि आफ्नो पुस्तक पठनीय र संग्रहणीय रहेको क़ुरा उहाँले अलगपथलाई बताउनु भएको छ । पुस्तकमा भू-राजनैतिक अर्थतन्त्रका अतिरिक्त जनमानसले जान्नै पर्ने MCC, BRI जस्ता दर्जनौ बिषयहरूलाई सहज र सरल ढंगले प्रस्तुत गरिएको छ ।
सो अर्थशास्त्री सम्मेलनको दोश्रो दिन उहाँले नेपालको सहकारी अभियानले आफ्नो ६५औं बर्ष पूरा गर्न गइरहेको सन्दर्भमा नेपालको सहकारी अभियानको ६५ बर्ष र यस्को भावी गन्तब्यका बिषयमा केन्द्रित रहेर आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रमा उपर नेपाल सरकार ,भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चन्द्रकान्त पौडेल र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले टिप्पणी ग़र्नु भाएको थियो । उक्त कार्यपत्र प्रस्तुत सेशनको अध्यक्षता नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेलले गर्नु भाएको थियो । डा. पौडेलले आफ्नो कार्यपत्रमा उठान गर्नु भएका केही महत्वपूर्ण बिषयहरू यहाँ प्रस्तुत गर्न उपयुक्त ठानेर प्रस्तुत गरिएको छ ।
– गाउँको उत्पादन शहरमा र शहरको पैसा गाउँमा पु-याउने उपयुक्त माध्यमको रुपमा सहकारी अभियानलाई गुणात्मक ढंगले अगाड़ि बढाउने,
– सहकारीका संघहरुमा देखिएको राजनैतिक प्रभावलाई न्युनिकरण गरी व्यवसायिक ढंगले सञ्चालन गर्न प्रेरित गर्ने,
– सहकारी मार्फत मुल्य श्रृंखला कायम गरी किसानहरूलाई आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्ने वातावरण सिर्जना गर्ने,
– किसानाले उत्पादन गरेका दूध, माछा, मासू, तरकारी, फलफुल लगायतका कृषि उपजहरू बजारको अभावमा त्यसै सडेर/क़ुहिएर फाल्नु पर्ने वा विसर्जन गर्नुपरेको अवस्थामा त्यो बस्तुको बजारको ग्यारेण्टी गर्नका लागि सहकारी बजार प्रणाली स्थापित गर्ने ।
-संविधानले नै सहकारीलाई अर्थतन्त्रको तेश्रो स्तम्भको रुपमा स्वीकार गरिसकेको सन्दर्भमा त्यो अनुसारको भूमिका निर्वाह गर्न सक्षम तुल्याउनका लागि सहकारी – सहकारी साझेदारी (C2C), निजी- सहकारी साझेदारी (P2C), सरकार – सहकारी साझेदारी (G2C) र समग्रमा सार्वजनिक-निजी-सहकारी साझेदारी (PPCP Model) मोडेलका माध्यमबाट उत्पादन अभिबृद्दी ग़र्ने,
-नियामकीय निकायको बीचमा एकरूपता कायम गर्दै उनीहारुको क्षमता बढाउने र सहकारी मैत्री कानूनको निर्माणमा जोड दिने,
-सहकारी संस्थाका सञ्चालक, कर्मचारीहरू र शेयर सदस्यहरूलाई नियमित रुपमा सहकारी शिक्षा र तालिमको प्रबन्ध गर्ने,
सहकारी मार्फ़त कृषियोग्य भूमिको चकलाबन्दी गरी निर्बाहमुखी खेती प्रणालीलाई आधुनिक र व्यवसायिक खेती प्रणालीमा रूपान्तरण गर्ने लगायतका थुप्रै बिषयहरू कार्यपत्रमा समाबेश गरिएको छ।
सहकारी अभियानमा व्यव़हारिक, सैद्दान्तिक र प्राज्ञिक हिसाबले लागिपरिरहनुभएका डा.पौडेलले सहकारी अभियानमा अझ बढी योगदान गर्न सक्नुहोस् भन्ने सदिच्छा सहित अलगपथ परिवारको तर्फबाट उहाँको भावी जीवनको समेत पूर्ण सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

डा.पौडेलसँग सम्बन्धित केही तस्विरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *