
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका -२ आलापोटमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संंस्था लि.ले आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार शुरु गरेको छ । सो संस्था स्थापना भएको ३०औँ वर्ष पूूरा भएको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले यही मंसिर ४ गते ३ आना जग्गामा निर्मित उक्त ६ तले भवनको उद्घाटन गर्नुभएको थियो ।

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यो संस्थाको प्रगतिप्रति मन्त्री श्रेष्ठले प्रशन्नता व्यक्त गर्नुभएको थियो ।
४३ जना स्थानीय युवाहरुले १००/१०० रुपैया संकलन स्थापना गरेको यो संस्थाले ३०औँ स्थापना दिवस मनाउदै गर्दा र त्यसै दिन आफ्नो २९औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै गर्दा यो संस्थामा ५,६७७ जना महिला र २,०१२ जना पुरुष गरी ७,६८९ जना शेयर सदस्य , १,२२२ जना बाल बचतकर्ता , १५ जना कर्मचरी र रु.६०,१५,००,००० कुल सम्पत्ति रहेको त्यसै संंस्थाका व्यवस्थापक महेन्द्र श्रेष्ठको भनाइ छ । स्थापना भएको ३० वर्षको अबधि यो संस्थाको सहकारी क्षेत्रमा अलग्गै परिचय निर्माण भएको छ भने यसले कहींबाट पनि बाह्य ऋण नलिई शेयर सदस्यहरुमा आधारित रहेर राम्रसँग सञ्चालन भइरहेको छ । सहकारी सिद्धान्त, मुल्य र मान्यतालाई आत्मसाथ गरी सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भएका हुँदा सहकारी संस्था समस्यामा नपर्ने यो संस्थाको अवस्था र प्रगतिले देखाएको कतिपय जानकारहरु बताउछन् । यसले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरेको वित्तीय सेवाकै कारण यो संस्थालाई काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.ले कास्कून उत्कृष्ट सहकारी संस्था-२०८० बाट सम्मानित ग-गरेको थियो ।

श्रेष्ठ पुन: अध्यक्ष चयन
आफ्नो ३०औँ स्थापना दिवसकै दिन सम्पन्न भएको यो संंस्थाको २९औँ वार्षिक साधरण सभाबाट पुन: रामेश्वर श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन भयो भने ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति पनि निर्विरोध चयन भएको छ ।

सोही संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षता तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यता , नेफ्स्कूनका कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष दीपक पनेरू र नेफ्स्कूनका सञ्चालक माधवप्रसाद जोोशीको विशिष्ट आतिथ्यतामा सम्पन्न सो साधारण सभामा त्यसै संंस्थाकी कर्मचारी प्रकृति थापा श्रेष्ठलाई उत्कृष्ट कर्मचारी पुुुरस्कार-२०८० प्रदान गरी सम्मानित गरिएको थियो । त्यसैगरी सााधारण सभामा त्यस संस्थाका २०७९/०८० का उत्कृष्ठ बचतकर्ता सदस्य , उत्कृष्ठ बाल बचतकर्ता सदस्य , उत्कृष्ट दैनिक बचतकर्ता सदस्य , उत्कृष्ठ ऋणी सदस्य तथा लघुबित्ततर्फका उत्कृष्ठ बचतकर्ता र ऋणी सदस्यलाई नगद तथा प्रमाण-पत्र सहित नगद पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो ।
साधारण सभाको प्रमुख अतिथि रहेकी मन्त्री श्रेेष्ठले उद्घाटन गर्नु भएको थियो । सोही अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले सहकारी क्षेत्र सुधारका लागि धेरै कामहरु भइरहेको र आवश्यक परे ऐन संशोधन गरेर भएपनि सहकारी क्षेत्रको साख कायम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । उहाँले सहयोगी साकोस सदस्यहरुको बित्तीय आवश्यकतालाई परिपुर्ति गरी समुदायको दिगो र सक्षम साकोस बन्न सकोस भन्देै सो संस्थाको थप प्रगतिको कामना व्यक्त गर्नु भएको थियो ।
साधारण सभामा उक्त संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त संस्थाका अध्यक्ष श्रेष्ठले समाजमा छरिएर रहेको स-सानो रकमलाई संकलन गरी पूँजी निर्माण गरेर आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पु-याउने उद्देश्यले स्थापना भएको हाम्रो यो संस्था शेयर सदस्य महानुभावहरुको अटुट साथ, सहयोग र विश्वास तथा कर्मचारीहरुको मेहनत र परिश्रमले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै प्रशनन्ता व्यक्त गर्नुभयो ।
नेफ्स्कूनका कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष पनेरू, गोकर्णेश्वर नगरपालिकाकी उप-प्रमुख सान्नानी लामा, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१,२ र ३ का वडाध्यक्षहरु मुकुन्द गजुरेल, सुरज खड्का र राममणि पुडासैनी तथा छिमेकी सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिले शुभकामना मन्तब्य व्यक्त गरेको साधारण सभामा त्यसै संस्थाका कोषाध्यक्ष अञ्जितकुमार श्रेष्ठले संस्थाको आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/०८१ को लागि अनुमानित आय ब्यय सहितको बजेट र कार्यक्रम , लेखा सुपरीवेक्षण समिति सदस्य राजेश श्रेष्ठले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र सञ्चालक रामहरि थापाले संस्थाको ऋण उप-समितिको प्रतिवेदन, सञ्चालक सुनिता अधिकारीले संस्थाको महिला उप समितिको प्रतिवेदन र सञ्चालक कर्साङ लामाले संस्थाको शिक्षा उप-समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका सचिव प्रल्हाद बस्नेतले सञ्चालन गर्नु भएको साधारण सभाबाट शेयर सदस्यहरु बीच छलफल गरी ती प्रतिवेदनहरु पारित गरिएको थियो ।




