साफ वुमन्स च्याम्पियनसीप उपाधि बंगलादेश जित्यो, नेपाल उप-विजेतामै सिमित

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न साफ वुमन्स च्याम्पियनसीपको उपाधि बंगलादेशले २-१ गोल अन्तरले जितेको छ । सन् २०२२ मा बंगलादेशसँग पराजित भएर उप-विजेतामा सिमित भएको नेपाल पुन: बंगलादेशबाटै पराजित भयो । ६ पटक फाइनल पुगेपनि नेपालले उपाधि भने जित्न सकेको छैन । नेपाली खेलाडीहरु बीच सही तालमेल हुन नसक्ता र मिस कम्युनिकेशनले यो पटक पनि उपाधि जित्ने नेपालको सपना पूरा हुन सकेन ।

खेलको ५१ मिनेटमा बंगलादेशकी मोनिका चक्मा र ८१औ मिनेटमा ऋतु वर्ण चक्माले गोल गरे । खेलको ५६औं मिनेटमा मिड फिल्डर प्रीति राईले दिएको पासमा नेपालकी अमिषा कार्कीले गोग गरेकि थिइन् ।

यो सहित नेपालको राष्ट्रिय महिला फुटबल टोली १२ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि विहीन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *