साहित्यकार परशु प्रधानको निधनमा स्रष्टाहरुद्वारा श‍ोक प्रकट

गएरात काठमाडौंको नयाँबानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा निधन भएका साहित्यकार परशु प्रधानको निधनमा स्रष्टा तथा साहित्यप्रेमीहरुले शोक प्रकट गरेका छन् । सामाजिक सञ्जालमा उनीहरुले साहित्यकार परशु प्रधानको निधनप्रति दु:ख व्यक्त गर्दै उहाँको निधनले शोकाकुल पत्रकार प्रतीक प्रधानसहित परिवारका सदस्यहरुमा समवेदना व्यक्त गरेका छन् । भोजपुरबाट जानुकादेवी रेग्मी ( साहित्यिक नाम कल्पना प्रधान ) लाई सुटुक्क भगाएर दाम्पत्य जीवन आरम्भ गरेका दिवंगत प्रधानका पत्रकार प्रतीक प्रधानसहित २ छोरा र २ छोरी रहेका छन् ।

वि.सं.२००० मा भोजपुरमा जन्मेका साहित्यकार प्रधानले नेपाली साहित्यको कविता, कथा, बालकथा, निबन्ध, समालोचना लगायतका विधामा कलम चलाएका छन् तर उनी नेपाली साहित्यको अन्य विधाको तुलनामा कथा विधामा बढी शसक्त देखिएका छन् । साहित्य सृजनाका अतिरिक्त उनले लोकसेवा तयारी पुस्तक समेत लेखेको जानकारहरु बताउछन् । सरकारी सेेवामा समेत रहेर उनले काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *