सी.जी. फुड्समा भएको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्ष

सी.जी. फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । स‍ो परिसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ- ‘सी.जी. फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय छ । देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन परिसंघ माग गर्दछ ।

हालको विषम परिस्थितीमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

सी.जी. फुड्सले उत्पादन गरेको चाउचाउमा अखाद्य पदार्थ भेटिएपछि काठमाडौं महानगरपालिकाले सी.जी. फुड्सलाई दण्डित गरेको समाचार सार्वजनिक भएपछि सी.जी. फुड्सप्रति मानिसहरुमा असन्तुष्टि देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *