सैंबुमा फेरि टिपर आतङ्क

ललितपुर महानगरपालिका-१८, सैैंबुमा गएको आइतबार साझदेखि सोमबार रातभर पुन: टिपर आतङक हुँदा जनजीवन तनावग्रस्त भएक‍ो अलगपथका ललितपुर संवाददाताले बताएका छन् । टिपर निशेधित भञ्ज्याङदेखि चौधरी ग्रुपको सैंबुमा निर्माणाधीन हाउजिङसम्म दर्जनौंक‍ो संख्यामा टिपरहरु लस्कर लागेर गत आइतबार साझ ८ बजेदेखि स‍ोमबार राती ३ बजेसम्म सामान लिएर ओह‍ोरदोहोर गर्दा टिपरको आवाजले वातावरण अशान्त भएको भन्दै स्थानीयबासी र टिपर चालकहरु बीच झडप हुने अवस्था बन्न पुगेको जनाइएको । टिपरक‍ो आवाजले त्यस आसपासका घरहरुमा विरामी , बुढाबुढी र बालबच्चालाई सुत्न डिष्टर्ब भएर मानसिक समस्या भएको भन्दै स‍ोमबार राती १:०० बजेतिर स्थानीयबासीले बाटोमा जम्मा भएर विरोध गरेका थिए । प्रहरीले समेत टिपरवालाहरुलाई साथ दिएर स्थानीयबासीलाई पेल्न थालेपछि स्थिति थप अशान्त बनेकोले हाम्रो सुत्न पाउने हक हनन् भयो-, तपाईं पनि विरोधमा आउनु परो भनेर स्थानीयबासीले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापालाई आग्रह गरेपछि महासचिव थापा पनि स्थानीयबासीसँग विरोधमा सहभागी हनुभएको उहाँको पारिवारिक श्रोतले जनाएक‍ो छ । विरोधमा उत्रिएका स्थानीयवासीले टिपर र टिपर चालकलाई सोमबार राती ३ बजेसम्म नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीको भनाइ छ । स्थानीयबासीको नियन्त्रणमा परेका एक टिपर चालकले सी.जी. हिल्सका मान्छेहरुबाट सबै कुरोमा सेटिङ मिलाइ सकेको छ, टिपर निशेधित बाट‍‍ोबाट सैंबुमा आउदा जादा फरक नपर्ने बताएकोले आएको र फेरि टिपर मालिकले पनि सी.जी. हिल्सको काममा नगए जागिरबाट निकालीदिन्छु भनेर दवाव दिएकाले आफूहरु टिपर लिएर आएको र साहुले रातीराती यहाँ टिपर पठाउने गरेको बताएको स्थानीयबासीको भनाइ छ । टिपर संघका अध्यक्ष समेत रहेका नेकपा (एमाले) निकट रहेका काभ्रेपलाञ्चोकका प्रेम लामााले स्थानीय वडाका जनप्रतिनिधि, महानगरीय प्रहरी प्रभाग , भैैसेपाटीका प्रहरी , स्थानीय क्लब लगायतलाई सी.जी. हिल्सले पैसा दिएर सेटिङ मिलाई सकेकोले यहाँ आउदाजादा समस्या नपर्ने भनेकाले टिपर यहाँ आएको ती चालकले बताएको स्थानीयबासीको थप भनाइ छ ।

स्थानीयबासीले नियन्त्रणमा लिएका टिपरका साहु त्यहाँ पुगेर जनतासँग माफी मागेर आइन्दा फेरि यहाँ टिपर नपठाउने प्रतिबद्धता जाहेर गरेकाले र टिपर चनलमहरुले पनि आइन्दा यहाँ टिपर लिएर नआउने प्रतिबद्दता जनाएर माफी मागेपछि स्थानीयबासीले स‍ोमबार राती ३ बजेतिर सबै टिपरलाई त्यहाँबाट जान दिएका थिए । त्यस क्रममा एक टिपरका साहुले लाखौं रुपैया खर्च गरेर किनेको टिपर चलाउनै परो – सी.जी. हिल्सले आफ्नो पैसा अड्काएर रााखेको गुनासो गरेका थिए ।

स्थानीयबासी, वडा कार्यालय र प्रशासनले टिपर निशेधित क्षेत्र घ‍ोषणा गरेको त्यस क्षेत्रमा बिगत लामो समयदेख स्थानीयबासी र टिपर चालकहरु बीच झडप हुँदै आएको छ । प्रशासनले नै टिपर निशेधित क्षेत्र घोषणा गरेको उक्त क्षेत्रमा समयसमयमा प्रहरीले नै स्कर्टिङ गरेर सी.जी.हिल्ससम्मको सो बाटोमा रातको समयमा टिपर ओहोरदोहोर गराउदै आएको प्रत्यक्षदर्शी् स्थानीयबासी बताउछन् ।

सी.जी. हिल्सले सैंबुको ३ आना ३ दाम ३ पैसा सार्वजनिक पर्ती जग्गा कब्जा गरेको र कमल थापा नेेतृत्वको राप्रपा , नेपालका केन्द्रीय सदस्य निरञ्जन थापा सहितका केही व्यक्तिले सी.जी. हिल्ससँग पैसा खाएर सो पर्ती जग्गा चोधरी ग्रुपले कब्जा गर्दा त्यसमा साथ दिएको भन्दै स्थानीयबासी आक्रोश व्यक्त गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *