स्कोप साकोसको २९औं वार्षिक साधारण सभा सम्पन्न , ३ वर्षे रणनीतिक योजना कार्यान्वयन गरिने

ललितपुरको सौगलमा आफ्नै भवनमा मुख्य कार्यालय तथा गा:बहालमा सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको स्कोप बचत तथा ऋण सहकारी संस्था लि.को २९औं वार्षिक साधारण सभा शनिबार ललितपुरको गा:बहालस्थित कुमारी बैङ्क्वेटमा सोही संस्थाका अध्यक्ष वीरकाजी शाक्यको अध्यक्षतामा सम्पन्न भयो । उक्त साधारण सभाको सोही अध्यक्ष शाक्य र सल्लाहकारहरुले सामुहिक रुपमा उद्घाटन गर्नुभयो । त्यसै अवसरमा उक्त संस्थाको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका अध्यक्ष शाक्यले आफ्ना शेयर सदस्यहरुको सक्रिय साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र परिश्रमले समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको र जसका कारण आर्थिक वर्ष २०७८/०७९ को भएको संस्थामा भएको वित्तीय कारोवारको आधारमा शेयर सदस्य महानुभावहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्न सकिने अवस्था निर्माण भएको बताउदै त्यसका लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले ‘तर्जुमा गरिएको यस संस्थाको आर्थिक वर्ष २०७९/०८० देखि २०८१/०८२ सम्मको ३ वर्षे रणनीतिक योजनाको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै यस वर्षदेखि यस संस्थाको संरक्षित पूँजी फिर्ता कोषमा बाडफाड गरिएको रकम मध्येबाट सदस्यहरुलाई नियमित बचत र असल ऋणको आधारमा संरक्षित पूँजी फिर्ता गर्न नीति बनाई नियमानुसारको रकम फिर्ता गरिनेछ’, भन्नुभयो ।

त्यसै संस्थाका व्यवस्थापक बाबुराज बज्राचार्यले संयोजनकारी भूमिका निर्वाह गर्नुभएको उक्त साधारण सभामा सो संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक मैया बज्राचार्यले त्यस संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष प्रदीप शाक्यले सोही संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । ती प्रतिवेदनहरु शेयर सदस्यहरु बीच छलफल भई आवश्यक छलफल भई साधारण सभाबाट पारित भए ।

हस्तकला सहितका व्यवसायको प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको यो संस्थाको सो साधारण सभाबाट पारित प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा त्यस संस्थामा शेयर सदस्य सख्या ४,४५८, शेयर पूँजी रु.६,७२,९८,४०० , कुल सम्पति रु.९८२५,०१,६८३.९३ , संस्थामा बिभिन्न १५ शीर्षकमा गरिएको बचत निक्षेप रु.७४,३५,०४,११७.३७ , संस्थागत पूँजी रु.११,१७,४६,७२०/९६ र विभिन्न १० शीर्षकमा गरिएको ऋण लगानी रु.७५,१३,०५,१०४.२९ रहेको उल्लेख छ ‌‌

Leave a Reply