स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका स्वास्थ्य सेेवाका काजमा खटिएका कर्मचारीको समायोजनको प्रक्रिया अगाडि बढाएको बताइएको छ । सो मन्त्रालयले पठाएको पत्र अनुरुप कार्य गर्न स्वास्थ्य बीमा बोर्डले आफू र आफू मातहतका कर्मचारीलाई निर्देशन गरेको पाइएको छ ।

वीर अस्पतालमा कलेजो प्रत्यारोपण शुुरु गर्न स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कलेजो प्रत्यारोपण शुरु गर्न राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएको बताइएको छ । अन्तर्राष्ट्रिय मानव अंग दिवसको अवसरमा सोमबार मन्त्री बस्नेतले वीर अस्पताल हुँदै प्रदेश अस्पतालहरुमा समेत कलेजो प्रत्यारोपण गर्न सक्ने बनाउनुपर्छ भन्नुभएको नाम्स श्रोतले जनाएको छ ।
केही वर्षयता नेपालमा कलेजो र मृगौला प्रत्यारोपण शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र त्रिभुवन विश्वविद्यालय , महाराजगञ्ज , काठमाडौंमा हुँदै आएको छ ।




