समाजसेवी हर्क महर्जन सहित ९ जना ऋषि कट्टेल नेतृत्वको नेकपा प्रवेश

समाजसेवी हर्क महर्जन सहित विभिन्न पार्टी परित्याग गरेका , स्वतन्त्र गरी ९ जना ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको जानकारी प्राप्त भएक‍ो छ । १३४औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड यूनियन महासंघ, बागमती प्रदेश समितिको आयोजनामा आज ललितपुरमा आय‍ोजित कार्यक्रममा नवप्रवेशी हरुलाई नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले टीका लगाएर सो पार्टीमा स्वागत गर्नुभयो । सो पार्टी प्रवेश गर्नेमा हर्क महर्जन – ललितपुर, प्रेम तमाङ- दोलखा , रोहन लिम्बू-धनकुटा , सत्यराम थापा मगर- ललितपुर , विमल श्रेष्ठ-धनकुटा , रञ्जिता खत्री-रामेछाप, पुष्कर मगर-सिन्धुली , विमल श्रेष्ठ-धनकुटा र सोनाम तामाङ-काभ्रेपलाञ्चोक सो पार्टीले जनाएको छ ।


Image

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष भण्डारीले “क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध होऔं ! संसदवाद र विसर्जनवादलाई परास्त गरी नयाँ जनवादी गणतन्त्र स्थापना गर्न संयुक्त जनसंघर्षको विकास गरौं !” भन्ने मूल नाराका साथ यही बैशाख ९ र १० गते विशेष राष्ट्रिय सम्मेलन गरेक‍ो नेपाल कम्युनिष्ट पार्टी यतिबेला विसु अभियान सञ्चालन गरिरहेको बताउनुभयो ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *