काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ मा रु. १ अर्ब ३१ करोड ९७ लाख १४ हजार ४ सय निक्षेप सङ्कलन,रु. १ अर्ब ४६ करोड २६ लाख ७५ हजार ३ सय २ कर्जा लगानी , रु.१ अर्ब ६७ करोड ६६ लाख १० हजार ५ सय १३ र रु.७९ लाख ११ हजार ७ सय ९५ नाफा आर्जन गरेको जनाइएको छ । केन्द्रीय कार्यालयका साथै बलम्बु हाइवे र मच्छेगाउँ- टौखेलमा रहेका सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको उक्त संस्थाको १४औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनमा सो विवरण उल्लेख छ ।
इभर भिजन स्कुलमा यही मंसिर २४ गते शनिबार सम्पन्न उक्त साधारण सभाको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का कोषाध्यक्ष तथा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.एवं होष्टे हैंसे बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दीपक पनेरुले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । त्यस अवसरमा प्रमुख अतिथि पनेरुले
उद्घाटन मन्तव्य व्यक्त गर्दै स्थापना भएको छोटो समयाबधिमा नै हसना भास्तिपुर साकोसले उल्लेख्य प्रगति गरेको देखिएको र यो साधारण सभामा प्रस्तुत भएको यस संस्थाको प्रतिवेदनमा उल्लेख भएका सबै सूचकाङ्क राम्रो रहेको बताउनुभयो । उहाँले सहकारीको सिद्धान्त, मुल्य र मान्यतालाई आत्मसाथ गरी समुदायमा आधारित रहेर सञ्चालनमा रहेका सहकारी संस्थाहरुको वित्तीय अवस्था राम्रो रहेको बताउदै सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाहमा जोड दिनु पर्ने खाँचो औंल्याउनुभयो ।
त्यसै संस्थाका उपाध्यक्ष निरज नकर्मीले स्वागत मन्तव्य , सञ्चालक राजेन्द्र महर्जनले धन्यबाद ज्ञापन र व्यवस्थापक सम्पूर्ण महर्जनले सञ्चालन गर्नु भएको त्यस साधारण सभा इभर भिजन स्कुलका प्रधानाध्यापक हिराकाजी महर्जन, चन्द्रागिरि नगरपालिका वडा.१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन ,चन्द्रगिरि नगरपालिकाका आर्थिक तथा सहकारी शाखा प्रमुख राजुबहादुर खड्का , काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. तथा तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष मनोज थापा मगर , राजनीतिज्ञ तथा जनता प्रकाशन तथा प्रशारण प्रा.लि.का अध्यक्ष डा.विजय पौडेल , चन्द्रागिरि नगर सहकारी समन्वय समितिका अध्यक्ष केशवराज शर्मा पौडेल, बलम्बु च्याउ सहकारी संस्था लि.का अध्यक्ष अमरदीप महर्जन , खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बटुकृष्ण थापा , गुर्जुधारा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार महर्जन , सतुङ्गल बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सूर्यबहादुर महर्जन , बलम्बु द्वारेका पूर्णबहादुर महर्जन , युवा कृषक बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष राजेन्द्र महर्जन , मेल्हानर्सिङ बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजेन्द्र देसार , पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष अनुप मानन्धर , नहुँदा महिला स्वास्थ्य क्लिनिककी अध्यक्ष चमेली महर्जन , शुभाय उपभोक्ता सहकारी संस्था लि.,का उपाध्यक्ष सुनिल नकर्मी , हसना भास्तिपुर महिला समुहकी अध्यक्ष अलिषा महर्जन लगायतले सो संस्थाको प्रगतिको कामना गर्नुभयो ।
सहकारी संस्थाहरुले बजारमा देखिएको चुनौती र अवसरलाई मध्यनजर गर्दै कर्जा लगानी गर्दा ऋण नीति अनुरुप प्रभावकारी तथा बढी उत्पादनमुखी क्षेत्रमा नै केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ । भाका नाघेका ऋणको अनुगमन कार्यलाई प्राथमिकतामा राखी नियमति अनुगमन गर्नुपर्ने, संस्थाको जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव साधारणसभामा व्यक्त गरिएको छ ।
साधारण सभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनले विषम अवस्थामा पनि शेयर सदस्य ज्यूहरुको साथ र सहयोगले यस संस्थाले गुणस्तरीय रूपमा काम गरेको बताउनुभयो । उहाँले संस्थालाई आगामी दिनमा अझै प्रभावकारी बनाउन सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
चन्द्रागिरि नगरपालिकालाई केन्द्र बनाएर भएको त्यस संस्थाको साधारण सभामा त्यसै संस्थाका कोषाध्यक्ष राजमान महर्जनले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक राजकुमार महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल भई ती प्रतिवेदनहरु पारित गरियो ।
साधारण सभामा प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसु साञ्चोङ ८० के.जी. समूहमा प्रथम भ एका खेलाडी संजिव महर्जनलाई सम्मान गरियो यसैगरी सोही संस्थामा निरन्तर १० वर्ष कार्यरत कर्मचारी सुमनदेवी महर्जनलाई पुरस्कार सहित सम्मान गरियो । यस्तै साधारण सभामा शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०७८ सालको एस.ई.ई.मा श्री प्रभात माध्यमिक विद्यालय चेकपोष्ट , थानकोटबाट ३.८० जी.पी.ए.का साथ उत्तीर्ण हुने प्रविण श्रेष्ठ र श्री मंगलोदय माध्यमिक विद्यालय , थानकोटबाट ३.७५ जी.पी.ए.का साथ उत्तीर्ण हुने प्रशुन्सा अधिकारीलाई ट्रफी र नगद पुरस्कार सहित सम्मान गरियो । यस्तैगरी सो संस्थामा उत्कृष्ट कारोबार गरेका शेयर सदस्यहरु हर्षबहादुर महर्जन , श्रीमाया महर्जन , सरिता राई , सुमन गुरुङ , मैया रिमाल र नरेन्द्र महर्जनलाई नगद र ट्रफी प्रदान गरी सम्मान गरियो । त्यस्तैगरी साधारण सभामा संस्कृतिक कार्यक्रम प्रस्तोता अस्मिता क्षेत्री नगद सहित मायाको चिनो प्रदान गरियो ।
साधारण सभाको झलक