हिजो छुटेका ४ मध्ये सांसदद्वय राई र यादवको सपथ ग्रहण आज

हिजो छुटेका नेकपा (माके)का प्रतिनिधि सभा सदस्य रामकुमार राई ‘पासाङ’ र सोही पार्टीको चुनाव चिन्हबाट चुनाव जितेका समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवले आज बिहान ११ बजे प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराबाट सपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ । सांसदद्वय राई र यादव काठमाडौं उपत्यका बाहिर रहेकाले हिजो उहाँहरुले सपथ नलिएको बताइएको छ ।

यस्तै पारिवारिक शोकमा रहेकाले नेकपा (एस)का सांसद प्रेमबहादुर आले र सुत्केरी भएर बसाईले गर्दा नेपाली कांग्रेसकी सांसद माया राई हिजोको सपथ ग्रहणमा छुटेपनि उहाँहरुलाई उपयुक्त समयमा पद तथा गोपनियताको सपथ ग्रहण गराउने संघीय संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *